बझाङ,बैशाख १७ । भारतको बेंगलोरमा आफूले काम गर्ने घरबाट सुन चोरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनपसेला गाविस ३ भलाने घर भएका बर्ष २४ का रिते जप्रेल रहेका प्रहरीले जनाएको छ । उनले आफूले काम गर्दै आएको भारतीय नागरिक रेणु प्रसादको घरबाट आधा किलो सुन, ६ लाख भारतीय रुपैयाँसहित पचास लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । बैशाख १२ गते चोर पत्ता लगाउन भारतीय प्रहरी निरीक्षक शिभप्पा कारियामको नेतृत्वमा भारतका ३ जना प्रहरी बझाङ आएका थिए ।
उनीहरुले जप्रेललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बझाङलाई आग्रह गरेका थिए । त्यसपछि प्रहरी निरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले जप्रेललाई उनकै घरबाट पक्राउ गरेको हो । भारतीय प्रहरीले जप्रेललाई भारत लैजाने भने पनि उसलाई आफूहरुले त्यसरी सुर्पदगी गर्न नमिल्ने बताएपछि भारतीय प्रहरी फर्केर गएको प्रहरी नायव उपरीक्षक उदय तामाङले जानकारी दिनुभयो । तामाङ्गका अनुसार घटनाको छानबिन गरी जप्रेललाई कानुन अनुसार आवश्यक कारवाही गरिने छ ।
RAKTACHANDANकाठमाडौं,बैशाख १७ । काठमाण्डौको क्षेत्रपाटीबाट प्रहरीले ६५ केजी रक्त चन्दनसहित ५ जनालाई पक्राउ गरेको छ । राजधानीको क्षेत्रपाटीबाट प्रहरीले ६५ केजी रक्त चन्दनसहित ५ जनालाई पक्राउ गरेका हुन्  ।
दाना आकारमा माला बनाएर चीनतर्फ लैजान लागिएको रक्तचन्दन विशेष सुराकीको आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रक्त चन्दनसंगै तस्करीका लागि प्रयोग गरिएको बा १ च ९२८३ र बा १ च ५०२० नम्बरको दुई वटा कारलाई पनि नियन्त्रणमा लिएको छ ।
रक्तचन्दन गुच्चा आकारमा माला बनाएर लैजान लागिएको अवस्थामा बरामद गरिएको हो ।

deubaकाठमाडौं,बैशाख १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी जनताको भावना काँग्रेसलेमात्रै बुझ्न सक्ने बताउनुभएको छ। बाराको कलैयामा आयोजीत सभालाई सम्बोधन गर्दै नेता देउवाले काँग्रेसको जन्म मधेशमै भएकाले आफनो पार्टीले काँग्रेसको भावना राम्रोसंग बुझेको बताउनुभयो। उहाँले मधेसवादी दलले मधेसको खोल ओढेर मधेसी जनतालँई धोका दिएको आरोप लगाउनुभयो।
वर्तमान सरकारले चुनाव गराउनेमा शंका नगर्न आग्रह गर्दै देउवाले चुनावपछि कांग्रेस ठूलो पार्टी बन्ने र सबैका समस्या समाधान हुने दाबी गर्नुभयो। विगतमा आफनो पार्टीले अन्य कुरामा ध्यान दिदा मधेशका मुद्दा ओझेलमा परेको स्वीकार्दै देउवाले अब गल्ती नदोहोर्‍याउने प्र्रिितबद्धता गर्नुभयो। कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधीले नयाँ संबिधानले नै सबै समस्याको समाधान गर्ने भएकोले त्यसका लागि निर्वाचनको विकल्प नभएको दाबी गर्नुभयो।
nilkantha-upretiकास्की,बैशाख १७ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसको निष्पक्षतामा शंका नगर्न आग्रह गर्नुभएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोग प्रतिबद्ध रहेको भन्दै उहाँले सबै राजनीतिक दल, मतदाता, कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । जिल्ला निर्वाचन कार्यालय कास्कीले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आगामी संविधानसभाको निर्वाचनमा करिब एक करोड ५४ लाख मतदाताले मतदान गर्ने जानकारी दिनुभयो । उहाँले देशका गाउँबस्तीमा निर्वाचनको माहोल सुरु भइसकेको भन्दै सबै राजनीतिक दलहरूलाई निर्वाचनको तयारीमा जुटन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सरकारले केही दिनपछि निर्वाचनको मिति तोक्ने पनि जानकारी दिनुभयो ।

मेष  : (चुचेचोलालिलुलेलो)

मेष राशी भएका व्यक्तित्वका लागि यो वर्ष सामान्यतया लाभदायक वर्षका रूपमा आएको छ । वर्षको प्रारम्भमा चोटपटकको भय र आँखामा समस्या आउन सक्छ । महत्वपूर्ण शैक्षिक उपलब्धी हासिल हुनेछ । कुनै उपहार, चिठ्ठा, प्रशंसा र पुरस्कारको सम्भावना समेत देखिन्छ । भौतिक सुखसुविधा र वाहनको प्राप्ति हुने बलियो योग छ । प्रेमप्रसङ्ग सामान्य छ । कुनै नयाँ ठाउँको ज्ञानवद्र्धक र मनोरञ्जक यात्राको सम्भावना समेत छ । वैदेशिक यात्राका लागि गरिएको शैक्षिक प्रयास सार्थक हुनेछन् । सामान्यतया यस वर्षका वैशाख, श्रावण, कार्तिक र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ५ मुखे रुद्राक्ष आइतबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  सूर्योदयको समयमा मर्निङ्गवाकको अभ्यास गरेर वा भगवान् सूर्यको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
बृष  : (बाबिबुबेबो)
वृष राशी भएका जातकका लागि यो वर्ष अत्यधिक सकारात्मक वर्षका रूपमा आएको छ । तर्क, वादविवाद, प्रतिस्पर्धा र प्रतियोगितामा तपाईं विजयी बन्नुहुनेछ । रतिरागात्मक र प्रणयसम्बन्धमा प्रगति हुनेछ, विपरीतलिङ्गीको आकर्षणको पात्र बन्नुहुनेछ । कतै नयाँ ठाउँमा रोजगारी गर्ने सम्भावना समेत छ । आर्थिक हैसियतमा समुन्नति हुनेछ । परिवारमा माङ्गलिक र शुभकार्यहरू सम्पादन हुनेछन् । शैक्षिक र तालिममूलक कृयाकलापमा उच्च सफलताको योग छ । सुखसुविधा अभिवृद्धि हुने संसाधनको जोहो हुनेछ । सामान्यतया यस वर्षका ज्येष्ठ, भाद्र, मंसिर र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ४ मुखे रुद्राक्ष बुधबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  दैनिक रुपमा आमाको आशीर्वाद लिँदा वा मातृशक्तिको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
मिथुन  : (काकिकुकेको)
मिथुन राशी भएका व्यक्तिहरूले अप्रत्याशित रूपमा शुभफलकारक वर्षका रूपमा अभिनव वर्ष २०७० लाई प्राप्त गर्नु भएको छ । असारपछि रोकिएका र आँटेका कार्यहरूमा कार्यसिद्धि योग छ । सामाजिक, सांस्कृतिक र धार्मिक कार्यप्रति अभिरुचि जाग्नेछ । साथीभाई र बन्धुबान्धवका माझमा प्रतिष्ठा अभिवृद्धि हुनेछ । वैवाहिक र प्रेमप्रसङ्गमा उल्लेखनीय सुख प्राप्ति हुनेछ । व्यवसाय र रोजगारीका सन्दर्भमा प्रशस्त लाभदायक विकल्पहरू देखा पर्नेछन् । मातापिता र अभिभावकका साथमा कुनै विशिष्ट स्थानको पर्यटन र अवलोकन हुनेछ । सामान्यतया यस वर्षका असार, असोज, पुस र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ६ मुखे रुद्राक्ष शुक्रबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  सूर्योदयको समयमा गाईको दर्शन गर्दा वा विपरीत लिंगीसाथीसँग नम्र व्यवहार गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
कर्कट  : (हिहुहेहोडाडिडुडेडो)

कर्कट राशी हुने छात्रछात्रामा यो वर्ष शनिको अढैया दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ । मातापिता र अभिभावकको स्वास्थ्य चिन्ताको विषय बन्नेछ । परिवारमा सम्पादन गरिने धार्मिक र सांस्कृतिक कार्यक्रमले तपाईंको बौद्धिक र शैक्षिक कृयाकलापमा नकारात्मक असर पुर्याउने छ । आर्थिक पक्ष कमजोर हुनजानाले विद्याध्ययनमा अवरोध सिर्जना हुन सक्छ । साथीसङ्गी टाढिने सम्भावना छ । सामान्यतया यस वर्षका असार, कार्तिक, र फाल्गुन महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ३ मुखे रुद्राक्ष मङ्गलबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  दैनिक रुपमा चराचुरुङ्गीलाई चारो दिंदा वा भगवान् गणेशको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
सिंह  : (मामिमुमेमोटाटिटुटे)


दाजुभाई र साथीभाइसितको सम्बन्धमा उतारचढाव भए पनि २०७० साल सिंह राशी हुनेहरूका लागि शुभफलदायक वर्षकै रूपमा आएको छ । सम्मान, प्रतिष्ठा र यश अभिवृद्धि हुने कार्य गर्ने अवसरको प्राप्ति हुनेछ । धर्म, संस्कार र परम्परासम्बद्ध कृत्य र कर्तव्यपालनका क्षेत्रमा समय र मन दिन सक्नुहुन्न । शैक्षिक र बौद्धिक क्षेत्रमा सफलता हासिल हुनेछ । विपरीतलिङ्गीसँगको सम्बन्ध टुट्न सक्छ । मातापिता र अभिभावकबाट तपाईंले आफ्नो इच्छानुकूलका काम लिन सक्नुहुन्छ । खर्चको मात्रा बढ्ने छ, तर गलत ठाउँमा धनव्यय हुँदैन । सामान्यतया यस वर्षका श्रावण, मंसिर र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ५ मुखे रुद्राक्ष बिहीबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  दैनिक रुपमा पिता वा गुरुको आशीर्वचन ग्रहण गर्दा वा आफ्नो कुलपरम्पराबमोजिम कुलायनको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
कन्या  : (टोपिपुपेपो)

कन्या राशी हुने छात्रछात्रामा यो वर्ष शनिको अन्त्य साढेसाती दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ, चोटपटक, चिरफार र अङ्गभङ्ग हुने अधिकतम सम्भावना छ । दाम्पत्य सम्बन्ध कायम हुने पक्षमा यो वर्ष सकारात्मक छ । प्रयोगात्मक विषयका अध्येताका लागि यो वर्ष त्यत्ति फलदायक छैन । रचनात्मक र सिर्जनात्मक कार्यमा बाधा पुग्नेछ, अध्ययनअध्यापन क्षेत्रमा समेत विघ्न आउनसक्छ । सामान्यतया यस वर्षका वैशाख, भाद्र र पौष महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुने सङ्केत छ । ७ मुखे रुद्राक्ष शनिबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  कर्मी वा श्रमिकहरुको सम्मानबाट वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
तुला  : (रिरुरेरोतातितुते)
तुला राशी हुने विद्यार्थीका लागि यो वर्ष शनिको मध्य साढेसाती दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ, चोटपटकको सम्भावना पनि छ । दाम्पत्य र प्रेम सम्बन्धमा किचलो आउन सक्छ वा मनमिल्ने विपरीतलिङ्गीको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । स्वयं आफ्नै स्वास्थ्यको समस्याले सताउने छ । आर्थिक रूपमा समेत यो वर्ष सुखद छैन । परिवारभित्र अनावश्यक विवादको सम्भावना छ । व्यापार व्ययसाय र रोजगारीका सन्दर्भमा यो वर्ष राम्रै छ । वैदेशिक यात्रा र पर्यटनका लागि सामान्य छ । यस वर्षका ज्येष्ठ, असोज र माघ महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ७ मुखे रुद्राक्ष शनिबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  कर्मी वा श्रमिकहरुको सम्मानबाट वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
बृश्चिक  : (तोनानिनुनेनोयायियु)
वृश्चिक राशी हुने अध्येताका लागि यो वर्ष शनिको आद्य साढेसाती दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि ग्रह शुभफल प्रदाता भएर बसेको अवस्थामा यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ, चोटपटकको सम्भावना पनि छ । प्रतिस्पर्धीहरूका कृयाकलापका कारण समस्या बेहोर्नु पर्छ । परिवारभित्र अनावश्यक विवादको सिर्जना हुनेछ, अनावश्यक र निरर्थक भ्रमणको सम्भावना समेत छ । माङ्गलिक कार्य र धार्मिक कृत्य धेरै समय प्रदान गर्नु पर्ने हुन्छ, धनलगानी समेत हुनसक्छ । रोजगारीका सन्दर्भमा यो वर्ष राम्रै छ । यस वर्षका असार, कार्तिक र फाल्गुन महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ५ मुखे रुद्राक्ष बिहीबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा  अभिभावक र गुरुजनको सम्मानबाट वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ 
धनु  : (येयोभिभुफाभे)
धनु राशी हुने मानिसमा यो वर्ष सामान्यतया शुभ फल दिने वर्षकै रूपमा लिन सकिन्छ । भौतिक सुखसुविधा र विलासिताका सरसामानको जोहो हुनेछ । धार्मिक र सामाजिक सांस्कृतिक कार्य सम्पन्न हुनेछन् । कृषि र व्यापारवृत्ति तर्फ मन तानिने र त्यस क्षेत्रबाट लाभ हुने सङ्केत छ साथै रोजगारीका सन्दर्भमा समेत यो वर्ष राम्रै छ । यात्रा, पर्यटन, मनोरञ्जनात्मक क्रियाकलापका कारण पठनपाठनका बाधा पुग्नेछ । परिवारभित्र भाइबहिनी र मातापिताको स्वास्थ्य प्रतिकूल हुँदा मानसिक कठिनाइ र चिन्ताग्रस्त बन्नुपर्नेछ । प्रणय र प्रेमप्रसङ्गका दृष्टिले यो वर्ष सामान्य नै छ । यस वर्षका श्रावण, मार्ग र चैत्र महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ३ मुखे रुद्राक्ष मङ्गलबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा दैनिक रुपमा पशुपन्छीलाई चारापानी खुवाएर वा भगवान् गणेशको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
मकर  : (भोजिखिखुखेखोगागि)
मकर राशीका छात्रछात्राका निमित्त यो वर्ष मिश्रित फल प्रदान गर्ने वर्षका रूपमा आएको छ । वर्षभरि राशीस्वामी ग्रह शनि र राहुको युति रहनाले मानसिक तनाव र निराशाको सिर्जना गराए पनि समग्रमा वर्ष लाभदायक नै रहने छ । हाडजोर्नीसम्बद्ध शारीरिक कष्ट र वाहन, मोटर आदिको दुर्घटनाको योग भएकाले पठनपाठनमा प्रतिकूल असर पुग्नसक्छ । मनमा एकाग्रताको अभाव देखिए पनि बौद्धिक र प्राज्ञिक उन्नतिको सम्भावना नकार्न सकिंदैन । नोकरी र वैदेशिक रोजगारीका क्षेत्रबाट राम्रो आर्थिक उपलब्धी हासिल हुनेछ । साथीभाइ र बन्धुबान्धवबाट उचित मार्गदर्शन र हौसला प्राप्त हुनेछ । यस वर्षका वैशाख, भाद्र र पौष महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ६ मुखे रुद्राक्ष शुक्रबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा विपरीत लिंगी साथीहरुको सद्भाव प्राप्त गरेर वा गौमाताको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
कुम्भ  : (गुगेगोसासिसुसेसो)
कुम्भ राशीका व्यक्तिले नववर्ष २०७० लाई एउटा महत्वपूर्ण उपलब्धीमूलक वर्षका रूपमा पाउनु हुनेछ, कुनै नयाँ रोजगारी वा व्यवसायका लागि यो वर्ष अनुकूल वर्षका रूपमा देखिने छ । शैक्षिक र सामाजिक वर्चस्व कायम हुने प्रभावशाली कार्य सम्पादन हुनेछ । परिवारमा समेत हर्ष सञ्चरण हुनेछ र माङ्गलिक कृत्यहरू सम्पन्न हुनेछन् । सुखसुविधा र विलासिता प्रवद्र्धन गर्न जाँगर चल्नेछ । राशीस्वामी ग्रह शनि र राहुको युति रहनाले मानसिक तनाव र निराशाको सिर्जना भने हुनसक्ने सम्भावना छ । नयाँ प्रेमसम्बन्ध र मित्रताको प्रस्ताव आउने छ । साथीभाई र मित्रवर्गबाट समयोचित परामर्श र सहयोग प्राप्त हुनेछ । यस वर्षका ज्येष्ठ, असोज र माघ महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । ४ मुखे रुद्राक्ष बुधबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा नवविवाहित दम्पतिलाई उपहार प्रदान गरेर वा भगवान् विष्णुको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।
मीन  : (दिदुदेदोचि)

मीन राशीका जातकका निमित्त यो वर्ष सामान्य कष्टप्रद वर्षका रूपमा आएको छ । यो वर्ष शनिको अढैया दशाले प्रभाव पार्ने छ । जन्मकुण्डलीमा शनि शुभफल प्रदाता हुँदा त यसको नकारात्मक प्रभाव हुँदैन, तर अन्य कतिपयलाई चिन्ता, छटपटी र निराशाले सताउने छ । चोटपटक र चिरफारसम्बद्ध रोगको प्रकोपको सम्भावना समेत छ । पढाइलेखाइको क्षेत्रमा प्रतिकूल प्रभाव पर्नेछ । आर्थिक तनावका कारण परिवारमा मतभेद र तनावको सिर्जना हुनेछ । विपरीतलिङ्गी सहयात्री सित मनमुटाव र मनोमालिन्यको योग छ तर मातापिता र मित्रवर्गबाट हौसला र सरसहयोग भने प्राप्त हुन्छ । यस वर्षका आषाढ, कार्तिक र फाल्गुन महिना अन्य महिनाका तुलनामा बढी कष्टकारक हुनेछन् । गौरीशङ्कर रुद्राक्ष सोमबारको दिन पारेर घाँटीमा धारण गर्नाले अथवा प्रत्येक महिनाको शुक्लपक्षको अष्टमीदेखि पूर्णिमासम्म साँझको समयमा चन्द्रमाको दर्शन गरेर वा भगवान् शिवजीको आराधना गर्दा अध्ययनअध्यापनका क्षेत्रमा सकारात्मक फल प्राप्त गर्न सक्नुहुन्छ ।

via:jyoti saathi krishn prasad


बेलायतको डर्बीस्थित एक कम्पनीकी महिला कर्मचारीले आफ्नो अफिसको हाकिममाथि अनौठो आरोप लगाएकी छिन् ।डर्बीको एक सप्लाई कम्पनीमा बिक्रेताको रुपमा कार्यरत ४१ वर्षकी एन्जलीना अश्वाइले बोसमाथि शारीरिक शोषणको आरोप लगाएर मुद्धा हालिन् । अदालतले उनको पक्षमा फैसला गर्दै प्रतिवादीका नाममा २६ हजार पाउण्डको जरिवाना समेत सुनाएको छ ।एन्जेलिनाका अनुसार उनको बोस महिला कर्मचारीको वक्षस्थल प्रति यतिधेरै आशक्त थियो की उसले स्तनको आकार हेरेर मात्र महिलालाई जागिरमा नियुक्त गर्ने गथ्र्यो ।
ठूला स्तन भएका महिलाले उक्त कम्पनीमा जागिर खान पाउाथे भने छाति होँचो हुने रित्तो हात फर्किनुपथ्र्यो ।हाकिमले अफिसमै ब्लु फिल्म हेर्ने गरेको र हेर्न बाध्य पार्ने गरेको भन्दै सेक्स टोयको खरिद गर्नका लागि समेत अनलाइनमार्फत अर्डर गर्न अफिसकै कम्प्युटर प्रयोग गर्ने गरेको उनले आरोप लगाएकी छिन् ।



कक्षाकोठामा एक शिक्षिका आफ्ना सवै कपडा उतारेर सयौं बिद्यार्थीका अघि गुप्ताङ्मा केही छिराउँदै देखाउँदै गर्छिन भन्छिन, नानीहरु, यसो गर्नुपर्छ, यसो गर्दा आनन्द आउँछ, यसो गर्दा कामुक भइन्छ/ यो दृष्य कुनै चलचित्रको काल्पानीक दृष्य हैन् । अमेरिकाको शिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यालयमा छात्राहरुको कक्षामा एक महिलाले लाइभ यौन सम्पर्क प्रर्दशन गरेकी छन् ।
हातमा नक्कली पुरुष लिङ्ग लिएकी ती युवतीले पुरुषसंग सम्भोग गरेझै गरि कक्षाकोठामा यौन क्रियाकलाप देखाइन् । 
महिलाले यस्तो चर्तिकला देखाइरहँदा त्यहाँ एक बिश्वबिद्यालयकी शिक्षिका र एक सयभन्दा बढी केटीहरु थिए । छात्राहरुको अगाडि सेक्स टोय प्रयोग गरेकी फेन्थ क्रोलले टि्रब्युन अखबारलाई भनेकी छिन्-’म यो प्रदर्शनबाट खुसी छु । उनीहरुले मलाई ध्यान दिएर हेरिरेहका थिए र मलाई उनीहरु ध्यानमग्न भएको देखेर आनन्द लागिरहेको थियो ।’
बिद्यालयमा नाङ्गै भएर लाइभ यौन सम्पर्क प्रर्दशन गरिएको बिषय मिडियामा आएपछि विश्वविद्यालयका अध्यक्षले उक्त घटनाबाट आफु दुःखी भएको बताएका छन् । एक प्रोफेसरको सल्लाहमा यस्तो अनुमति दिइएको भन्दै उनले त्यस्तो निर्णय गलत भएको स्वीकारेका छन् । ‘यो निर्णय हाम्रो विश्व विद्यालयका शिक्षक शिक्षिकाका गलत निर्णय नमूना हो । यसमा म निकै दुःखी छु ।’ अध्यक्षले भने । लाइभ यौन सम्पर्क प्रर्दशनीबाट छात्राहरुको सकारात्मक प्रतिक्रिया आएको भन्दै उनले विवादास्पद मुद्धामा पढाउनु र शोध गर्नु विश्वविद्यालयको वाध्यता भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।



छिमेकीमुलुक भारतमा एक अचम्मको घटना बाहिर आएको छ । मुम्बईस्थित एक युवती चोरीको घटनामा पक्राउ परेपछि अचम्मको विषय बाहिर आएको हो ।
मुम्बईस्थित एक बारमा काम गर्ने २० वर्षीय युवतीले मात्रै आफ्नो प्रेमीलाई खुशि राख्न चोरी गर्ने गर्थिन्, स्थानीय प्रहरीका अनुसार ती युवतीले चोरी त्यसकारण गर्ने गर्थिन् ता कि उसका प्रेमीहरुले उसलाई नछोडुन् । अझ अचम्मको कुरा त के छ भने ती २० वर्षीय युवतीको प्रेमी एक होइन, २ होइन, २० जनानै थिए ।

स्थानीय प्रहरीले ती युवतीलाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो । प्रहरीले अनुसन्धानका क्रममा युवतीले आफ्ना प्रेमीहरुलाई खुशी राख्नकै लागि मुम्बईको लोकल रेलमा चोरी गर्ने गरेको बयान दिएकी छिन् । प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको बताइएको छ । प्रहरीले यस किसिमका अन्य युवतीहरु समेत हुनसक्ने आशंकामा अनुसन्धान जारी राखेको जनाइएको छ ।

स्थानीय प्रहरीले गतसाता २० वर्षीय रेशमा शेख उर्फ यासमीन र शायरा शेखलाई स्थानीय एकपार्कबाट पक्राउ गरेको थियो । ती दुबै बारमा काम गर्ने युवती हुन् । यी २ मिलेर लोकल रेलमा सुनको सिक्री चोरी गर्ने गर्थे । ती २ युवतीमाथी ५० भन्दा बढी चोरीको आरोप दाखिला भएको जनाइएको छ । तर, प्रहरीले उनीहरुले चोरी गरेको कुनैपनि किसिमको सामान भने फेला नपारिसकेको बताइएको छ ।

समाचारका अनुसार त्यसमध्ये रेशमालाई प्रहरीले मास्टर माइन्ड भनेको छ । रेशमाले चोरीपछि आफ्ना सबै प्रेमीलाई एक होटलमा लिएर जान्थी र भएजत्ति पैसा प्रेमीका लागि खर्च गर्ने गर्थी ता कि प्रेमीहरुले उनलाई नछोडुन् ।

गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु।

केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो। लाज लाग्यो मलाई त्यो समाचार देखेर।

के नेपालमा जिम्मेवार भनाउँदा मिडियाको काम यस्तै हो ? के टिभीलाई कुनै आचार संहिता लाग्दैन ? कार्यक्रममा पक्राउ परेकी ती १० कक्षा पढ्ने किशोरीहरुको निःशुल्क शोषण गरिएको थियो। टेलिभिजनको रेटिङ बढाउन र विज्ञापन पाउन गरिएको त्यो शोषण ती दलालहरुले गरेको भन्दा रत्ती भर पनि कम लागेन मलाई।

हाइ प्रोफाइल व्यक्तिहरुलाई केटी मिलाउने एउटा गिरोहका केही सदस्यलाई प्रहरीले पक्रयो। यतिसम्मको समाचार त ठीक छ, तर किन ती किशोरीसितको अन्तर्वार्ता टिभीले दिनुपरेको ? किन यो स्कूलमा पढ्छे भनेर देखाउनु परेको ? अझ अचम्म त टिभीले छोपे छोपे जस्तो गरेर ती केटीहरुको अनुहार टेलिभिजनमार्फत देशभर छर्लङै देखाइदियो। त्यो पनि एक पटक हैन, बारम्बार। त्यसो गर्न पाइन्छ ? के त्यति गर्दैमा अब यो समस्या समाधान हुन्छ ? फेरि कस्तो शब्द प्रयोग गरिएको छ रामराम !

हो, सिंगापुरमा लाहुरे रहेका बाबुकी छोरीलाई यस्तै काम गरेर खानु पर्ने अवस्था नभएको हुनसक्छ। तर त्यसका लागि उनी मात्र दोषी हुन् त? पक्कै पनि हैनन्। त्यसो भए उनलाई मात्र दोषी झैँ देखाएर र उनको अनुहार टिभीमा देखाएर समस्याको समाधान हुन्छ ?

मलाई शब्द मिलाएर लेख्‍न आउँदैन। र म अझै पनि मेरा मनका कुराहरु शब्दमार्फत् एक्सप्रेस गर्न सकिरहेको छैन।

एबीसी टेलिभिजनको त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको रहेछ। तपाईँ आफै हेर्नुस् त्यसलाई र भन्नुस्।

भिडियो हेर्नुस  :

अमेरिकामा प्रतिमिनेट औसतमा २४ जना आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार, शारीरिक हिंसा वा उत्पीडनको शिकार हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १.२ करोड महिला र पुरुष यौनहिंसाको शिकार भएका छन् । रिर्पोटमा घरेलु तथा यौन हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

पछिल्लो १२ महिनामा मात्र १० लाख महिला बलात्कार र बलात्कार प्रयासको शिकार भएका छन् । रिर्पोटका अनुसार ५ मा १ महिला र ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको शिकार हुने गरेका छन् ।

यस्तो हिंसाको शिकार भएका महिलाहरुले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्ने गरेको बताएका छन् भने अन्यले आफूले चिनेजानेका व्यक्तिबाटै यस्तो हुने गरेको सुनाएका छन् । अधिकतम महिलाहरु २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२.२ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा नै आफ्नो कुमारित्व गुमाउने गरेका छन्


पूर्व चर्चित मुक्केबाज माइक टाइसनले हलिउडका चर्चित अभिनेता ब्रान्ट पिटका बारेमा एक खुलासा गरेर सनसनी मच्चाएका छन् । टाइसनले हालै ब्रान्ड पिटलाई आफ्नी पूर्वपत्नीका साथ सेक्स गर्दै गरेको स्थितिमा पक्डेको खुलासा गरेका हुन् ।टाइसनले ब्रान्ट पिटलाई उनकी पूर्वपत्नी रोबिन गिवेन्सका साथ सन् १९८० मा सेक्स गर्दै गरेको अवस्थामा पक्रेको बताएका छन् ।
एक अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित रिपोर्ट बमोजिम टाइसनले बताएका छन् कि पिटलाई आफ्नी श्रीमतीसँग सेक्स गर्दै गरेको अवस्थामा पक्डिदा श्रीमतीसँगको उनको सम्बन्ध अन्त्य भएको थिएन । पूर्व बक्सिङ च्याम्पियन टाइसनले त्यस्तो अवस्थामा आफूले पिटलाई पक्डिएपछि पिटको अनुहार मलिनो भएको थियो भन्दै त्यसरी पिट र श्रीमतीलाई देख्दा आफू पागल जस्तो भएको बताएको जनाइएको छ ।



प्रख्यात म्यागजिन प्ले ब्वाई मा नाङ्गो फोटोशुट गरेर चर्चामा आएकी भारतीय मोडल शर्लिन चोपडाले प्राय जस्तो आपतिजनक पोस्ट हरु गर्ने गर्दछिन | उनको पोस्ट तथा कमेन्टको निक्कै नै ( राम्रो /नराम्रो ) चर्चा हुने गर्दछ | उनको ट्वीटले उनको पब्लिसिटी त भएकै छ |


डिसेम्बर ३० मा शर्लिनले आफ्नो ट्विटरका फलोअर्सले लेखेको आपत्तिडिसेम्बर ३० मा शर्लिनले आफ्नो ट्विटरका फलोअर्सले लेखेको आपत्तिजनक कमेन्टको बारेमा लेख्दै उनले भनेकी छिन "यदि कोहि मेरो रेप गर्न चाहन्छ भने म तयार छु तर मेरो रेप पछि समाजको कुनै पनि केटि\ महिलाको रेप हुनु हुदैन |" दिल्ली मा भएको सामुहिक बलात्कार र अत्याचार बाट दुखि हुदै उनले यो ट्विट गरेकी थिइन | शर्लिनले गरेको यो ट्विट उनको छविमा औला उठाउने प्रति कटाक्ष गर्दै लेखिएको देखिन्छ..

कसरतका जागि जिम जाने समय निकाल्नु धेरैका लागि सहज नहुन सक्छ । सेक्स पनि जिममा पसिना बगाउनु जस्तै फाइदाजनक हुने धेरै कमलाई मात्र थाहा हुनसक्छ ।सेक्समा अतिरिक्त क्यालोरी खर्च हुने मात्र नभई यौन सुखसँगै शारिरीक व्यायाम पनि हुन्छ ।

 चिकित्सकहरुका अनुसार सम्भोगका क्रममा हात, काँध र पेटको तल्लो भागसहितका मांशापेशीले काम गर्छ । यसले मोटोपन घटाउन पनि मदत्त गर्छ । सेक्सका क्रममा कम्तिमा १५ मिनेट शरीरको सबै भाग सक्रिय हुन्छ ।सेक्सले टाउको दुःखाई कम गर्नुका साथै तनाव पनि गर्छ । कपालमा चमक आउँछ र त्वचामा पनि निखार ल्याउँछ । यो सबै यौन सम्पर्क गर्दा अपनाइने पोजिसनमा भर पर्छ ।


भारतीय मोडल अमृत धलिवाल पछिल्लो समयमा आफ्नो फोटो सुटका कारण चर्चामा रहेकी छन्। उनी आफ्नो ग्ल्यामर छवीका कारण चर्चामा रहेकी हुन्। उनी आफ्नो फोटो सुटमा शारीरिक रुपमा जति कामुक देखिन्छिन वौद्धिक रुपमा पनि त्यत्तिकै सेक्सी रहेकी छन्।(एजेन्सीको सहयोगमा)

पश्चिमा मुलुकको सिको गर्दै पछिल्ला दिनहरुमा एसियन मुलुकहरुमा समेत आफ्नो शरीरका लुगा फुकाल्ने होडवाजी चल्न थालेको छ । पश्चिमा मुलुककौ हाराहारीमा भारतीय कलाकार तथा मोडलहरुको बढोत्तरी आइरहेका बेला श्रीलंकाकी चर्चित मोडल शबना देले टपलेस फोटोसुट गराएर सनसनी मच्चाएकी छिन् । शबनाले निकै कामुक ढंगमा टपलेस फोटोसुट गराएकी हुन् ।

टपलेस फोटोसुट गराउन कुनै मोडल अन्य मोडलभन्दा पछि पर्न चाहदैनन् भन्ने कुरा शबनाको उक्त फोटोसुटले दर्शाउँछ । चर्चा कमाउनका लागि अहिले पश्चिमा मात्रै होइन, एसियन मुलुककै मोडलहरु पनि टपलेस हुन थालेका हुन् । शबनाले आफ्नो करियरको सुरुवात १४ वर्षको उमेरमा भारतको कलकत्ताबाट गरेकी थिइन् । त्यसपछि उनी श्रीलंका गएर उतै जमेकी हुन् 

१७ वैशाख, काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दलले मंगलबारबाट सुरु भएको दल दर्ता प्रक्रिया बहिस्कार गर्ने भएका छन् ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा मंगलबार बसेको आन्दोलनरत दलहरुको ११ दलको बैठकले२५ बुँदे बाधा अड्काउ फुकाउ ओदश खारेज नभएसम्म दल दर्ता नगर्ने निर्णय गरेकोहो । ‘चैत्र १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म कुनैपनि दलले दल दर्ता नगर्ने’ बैठकको निर्णयमा भनिएको छ’उक्त दल दर्ता कार्यक्रम अविलम्ब बन्द गर्न माग गर्दै निर्वाचन आयोगको दल दर्ता कार्यक्रमको विरोध गर्ने ।’ ११ दलले २० गते २ घण्टा कान्तिपथमा चक्काजाम गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेका छन् ।
बैठकले वैशाख २५ गतेदेखि जेठ १४ गतेसम्म मेची-महाकाली राष्ट्रिय स्वाधीनता अभियान सञ्चालन गर्ने र नागरिकता वितरण कार्यक्रमलाई बन्द गराउन प्रत्येक जिल्लामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टचारीको अभियोग लागेका र रायमाझी आयोगद्वारा दोषी ठहर्‍याएका व्यक्तिलाई नियुक्त नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।
३३ दलले राज्यले अवलम्वन गर्ने कुनैपनि निर्वाचन प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा सुनिश्चित गर्न समेत माग गरेका छन् ।

१७ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको वातावरण बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । दलहरुवीच राष्ट्रिय सहमति बने नेपालको विकासमा सघाउन दुबै छिमेकीहरु तयार रहेको प्रचण्डको निश्कर्ष छ ।
prachanda
चार दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’विगतमा कम्युनिकेश ग्यापका कारण एकअर्काको बुझाइमा केही कमजोरी रहृयो । त्यसलाई चिर्दै नयाँ शिराबाट विश्वासको वातावरण बनाउन राम्रो धरातल बनेको छ भन्ने हाम्रो निष्कर्ष छ ।’ आफ्नो भ्रमणले एमाओवादी र भारतको मात्र नभएर नेपाल-भारतकै सम्वन्ध सुधारका लागि विश्वासको आधार बनेको उहाँको भनाइ छ ।
भाषिक आधारमा संघीयता
प्रचण्डले भारतीय नेताहरुले नेपालमा छिट्टै निर्वाचन होस भन्ने चाहेको बताउनुभयो । भारतीय प्रधानमन्त्रीले मंसिरमा चुनाव हुन्छ त भनेर सोधेको भन्दै उहाँले आफूले चुनाव हुनेमा विश्वस्त पारेको बताउनुभयो ।
संघीयताबारे भारतको के सुझाव रहेछ भन्ने प्रश्नमा उहाँले भारतीय पक्षले भाषाका आधारमा संघीयतामा जान सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो-’संघीयतामा जानुपर्छ भन्नेमा सबैको मत थियो । संघीयतामा जाँदा एउटा क्राइटेरिया बनाउनुपर्छ । त्यसमा भाषिक आधारमा जाँदा राम्रो हुन्छ भन्ने उहाँहरुको सुझाव थियो ।’
स्थिरता र विकासमा सघाउन भारत तयार
प्रचण्डले भारतीय प्रधानमन्त्रीसहितका अधिकारीहरुसँग भएको भेटमा आफूले जलविद्युत र लुम्बिनी विकासमा लगानी गर्न आग्रह गरेको बताउनुभयो । सबल र सक्षम नेपाल निर्माणले मात्र छिमेकीहरुको सुरक्षा चासो र चिन्तालाई सम्बोधन गर्न सक्छ भन्दै आफूले ठूला आयोजनामा संयुक्त लगानी गर्न प्रस्ताव गरेको उहाँको भनाइ छ ।
आफूले अघि सारेको त्रिदेशीय साझेदारीबारे भारत नकारात्मक नभएको तर, पहिलो द्वीपक्षीय सम्वन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । नेपालको स्थिरता र विकासमा सघाउने भारत तयार रहेको उहाँले बताउनुभयो । ‘नेपालको स्थिरता र विकासप्रति दुबै छिमेकी चिन्तित छन्’ उहाँले भन्नुभयो-अब देश विकास गर्ने, नगर्ने हाम्रो हातमा छ । हामीले देशभित्रै राम्रो समझदारी बनाउन सक्यौं भने अबको दशक सम्वृद्धिको दशक हुनेछ ।’
सेनापति प्रकरणमा कमजोरी
यसैबीच प्रचण्डले सेनापति प्रकरण र राष्ट्रपति निर्वाचनमा कमजोरी भएको बताउनुभएको छ । नयाँदिल्लीमा रहँदा बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भन्नुभएको छ-’कटवाल प्रकरणलाई त्यसरी हृयाण्डल गर्नु हुँदैन थियो । यदि हामीले त्यो गल्ती नगरेको भए परिस्थिति अर्कै हुन्थ्यो र संविधान बन्न सक्थ्यो ।’ उहाँले अघि भन्नुभयो- ‘राष्ट्रपतिको चुनावमा पनि हाम्रो केही कमजोरी रहृयो । यदि गिरिजाबाबुलाई हामीले राष्ट्रपति बनाएको भए परिस्थिति अर्कै हुन्थ्यो ।’ लोकतान्त्रिक प्रक्रियामा आउँदै गरेको माओवादीले केही कमजोरी गर्नु स्वभाविक भएको भन्दै उहाँले गएको ७ वर्षमा धेरै सिकेको बताउनुभयो ।
सोनिया र राष्ट्रपतिसँग भेट भएन
प्रचण्डको तीन दिने भ्रमणमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र कांग्रेस नेतृ सोनिया गान्धीसँग भेट भएन । प्रचण्डले गान्धीलाई पनि भेट्ने चर्चा चलेको थियो । त्यस्तै नेपाल मामिलाका जानकार मुखर्जीले पनि प्रचण्डसँग भेट गर्ने अनुमान गरिएको थियो ।

१७ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले कोरियामा काम गर्ने अवैधानिक नेपाली कामदारहरु त्यहाँको मुख्य समस्या समस्या रहेको बताउनुभएको छ । kaman-singh-lamaकोरिया जाने नेपालीले ध्यान दिनुपर्ने कुरा के हो भनेर अनलाइनखबरले सोधेको प्रश्नमा राजदुत लामाको जवाफ छ- ‘मेरो प्रस्तावचाहिं के छ भने इपीएस परीक्षामा भाषामा राम्रो नम्बर हैन, एउटा सय किलोको बोरा राखियोस्, उठाउन सक्छ जावोस्, सक्दैन नजाओस् ।’
राजदूत भन्नुहुन्छ- ‘चाहे एमए गरोस् वा पीएचडी, नेपालीले गर्ने काम नै बोक्ने उचाल्ने र दुःखको हो । तपाईले मरेर काम नगरी सुख छैन । त्यो बुझेर कोरिया जानुस् ।”मुख्य कुरा त्यहाँ गएर थ्रीडी काम गर्ने हो, काम गर्न सक्छु, भिड्छु भन्ने मानसिकता बनाउनुपर्यो । उहाँबाट अदक्ष कामदार जान्छन त्यहाँ जरुरी छ दक्ष कामदारको ।’ नेपालीहरुलाई राजदूत लामाको थप सल्लाह छ- ‘यदि तपाई बिहे गर्नुहुन्छ, असली बिहे गर्नुस, नक्कली बिहे नर्गुनस् । २० बर्षकी तरुनी केटी ६० वर्षको बुढासँग बिहे गरेर जाने अनि एयरपोर्टबाटै भाग्न खोज्ने ?’
नेपालबाट विभिन्न व्यक्तिहरु कोरियामा गएर लुक्ने गरेको राजदूतको आरोप छ । कोरियामा आफूले लुकाएको भनिएका ३ नेपाली उद्योगी सुरज वैद्यको सिफारिसमा कोरिया पुगेको राजदूत लामाको आरोप छ । साथै पूर्वमन्त्री एकनाथ ढकालसँग कोरिया गएका तीन दर्जन नेपालीलाई सडकमा माग्नबसेका ठाउँबाट समातेर नेपाल पठाएको राजदूत लामाले बताउनुभयो । ‘एकनाथ ढकालजीले ३५ जना मान्छे लगेर जानुभयो, उनीहरुले त्यहाँको सडकमा बसेर माग्दै थिए, पक्रेर पठाइदिएँ ।’-राजदूतले भन्नुभयो ।
पूर्वएमाओवादी नेतासमेत रहनुभएका राजदूत लामाले आफूले राजनीतिको जुत्ता बाहिरै राखेको बताए पनि राजदूत पद छाडेर चुनाव लड्ने इच्छा देखाउनुभएको छ । स्पष्टवक्ता लामाले अनलाइनखबरलाई लामो अन्तरवार्ता दिँदै भन्नुभयो- ‘नेपालमा चुनावको माहौल बनिरहेको छ, चुनावमा उठौं उठौं लाग्या छ । मलाई राजदूत भएर बसिरहनु जरुरी छैन ।

१७ वैशाख, काठमाडौं । जातीय संगठनलाई आफ्नो पक्षमा तानेर ३३ दललाई विस्तार गर्ने योजना बनाइरहेको मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीको मोर्चाविस्तार अभियानमा पूर्णविराम लागेको छ । यसैक्रममा केही दिनअघि बुद्धनगरस्थित पार्टी कार्यालयमा माओवादी महासचिव रामबहादुर थापा बादल र लिम्बुवानका नेतावीच आयोजित वार्ता समानान्तर सरकार बनाउने कि नबनाउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।badal-ra-sanjuhang
‘हामीले संविधानसभाको विषयगत समितिले पारित गरेको १४ प्रदेशमा समानान्तर सरकार घोषणा गरेर अघि बढौं भन्ने प्रस्ताव राख्यौं तर, वादलजीले यसमा आँट गर्नुभएन ।’ वार्तामा सहभागी संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले अनलाइनखबरसँग भन्नुभयो । समानानान्तर सरकार बनाउनेबारे पार्टीले निर्णय नगरेको तर, त्यसरी पनि अगाडि जान सकिने बादलले बताउनुभएको पालुङ्वाको कथन छ ।
लिम्बुवान आन्दोलनका अगुवा पालुङ्वाले वार्तामा माओवादी महासचिव बादललाई तपाईहरुको राजनीतिक कार्यक्रम के हो भन्ने प्रश्न सोध्नुभएको थियो । जवाफमा बादलले शहरिया विद्रोहबाट सत्ता केन्द्रीय सत्ता कब्जा गर्ने बताउनुभयो । पालुङ्वाको थप प्रश्न थियो- ‘कस्तो सत्ता चलाउने ? एकदलीय कम्युनिष्ट शासन कि हामीलाई लोकतन्त्र दिने ?’ वार्ताका क्रममा पालुङ्वाले विद्रोहबाट केन्द्रीय सत्ता कब्जा गरी कम्युनिष्ट शासन स्थापना गर्ने लाइन १० वर्षे जनयुद्धकै क्रममा असफल भैसकेको बादलसमक्ष जिकिर गर्नुभएको थियो । झापाको शनिश्चरेस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुरा गर्दै पालुङवाले भन्नुभयो- ‘मैले उहाँलाई तपाईहरुको त्यो लाइन फेल भैसक्यो, अब काम लाग्दैन भनें ।’
समानान्तर सरकार बनाउने प्रस्ताव
वैद्य माओवादीका नेताहरुसँगको वार्तामा आफूले १४ प्रदेशमा समानान्तर सरकार बनाएर अघि बढ्दामात्रै नेपाललाई संघीय मोडेलमा लान सकिने प्रस्ताव गरेको बताउनुभयो । ‘संविधानसभाले आफैं १४ प्रदेश छुट्याएको हो, त्यहाँ स्थानीय सरकार बनाऔं भन्दा उहाँहरुले आँट गर्नुभएन ।’ पालुङ्वाले भन्नुभयो- ‘हाम्रो प्रस्ताव नमानेपछि हामी उहाँहरुको पछि लाग्ने कुरा भएन, त्यसैले वैद्यजीहरुसँग लिम्बुवानको वार्ता असफल भयो ।’ पालुङ्वाको तर्क छ- ‘वैद्यजीहरुको लिकमा छि्र्‍यो भने उहाँहरुकै नौलो जनवादमा निस्किइन्छ, हाम्रो प्रस्तावमा उहाँहरुलाई छिराइयोभने देशमा संघीयतै संघीयता हुनेछ ।’
वैद्य बहिस्कारको सुरमा, अरुमा चुनाबी मोह
आफ्नो गठबन्धनका ५२ दललाई भेला पारेको दाबी गर्दै आएको नेकपा माओवादीले निर्वाचन बहिस्कारको रणनीति लिने संकेत गरेको छ । तर, वैद्यको मोर्चामा सहभागी अन्य साना दलहरु आफूलाई निर्वाचन आयोगमा दर्ता गर्ने, चुनावमा भाग लिने र समानुपातिकमा एउटै भए पनि प्रतिनिधित्व गर्ने सुरमा देखिन्छन् । यो स्थितिमा निर्वाचन आयोगले चुनावी कार्यक्रम सार्वजनिक गर्नासाथ वैद्यको मोर्चा फुट्ने धेरैको अनुभव छ ।वैद्यले चुनावमा भाग नलिनुको मुख्य कारण देशैभरिबाट आउने आफ्नो मतले आफ्नो दलको साइज थाहा हुने र फुटको औचित्य शिद्ध गर्न नसकिने विश्लेषण नेताहरुले गरेका छन् । तर, चुनाव बहिस्कार गर्दा यसबाट प्रचण्ड पक्षलाई फाइदा पुग्ने माओवादी नेताहरुको विश्लेषण छ । चुनाव उपयोग गरौं भने आफैंलाई घाटा, बहिस्कार गरौं भने प्रचण्डलाई फाइदा । वैद्यपक्षीय माओवादी दोहोरो समस्यामा छ ।
चुनाब बहिस्कार गर्दा वैद्य माओवादी यतिसाह्रो एक्लो बन्ने छ कि समानान्तर सरकारको प्रस्ताव गर्ने पालुङ्वाको संघीय लिम्बुवान राज्य परिषद समेत चुनावमा भाग लिने पक्षमा छ । संविधानसभामा पनि भाग लिने र समानान्तर सरकार पनि बनाउने लिम्बुवान परिषद्को रणनीति रहेको छ ।वैद्यसँग चुनाव बहिस्कार त गर्ने तर आफ्नो राजनीतिक योजना नभएको जातीय संगठनहरुको आरोप छ । ‘गोलमेच सम्मेलन गरे पनि सरकारको नेतृत्वमा वैद्यजीहरुको साटो अरु नै जान्छन्, त्यसैले यो नाराले वैद्यजीहरुको पार्टीलाई कुनै फाइदा पुग्दैन ।’ लिम्बूवान नेता पालुङ्वाको विश्लेषण छ ।

१७ वैशाख, काठमाडौं । को पहिले दर्ता हुने भनेर बिहानैदेखिको लगफत्तीपछि अन्ततः नेकपा एमाले निर्वाचन आयोगमा पहिलो नम्बरमा दर्ता भएको छ । त्यसैगरी आयोगले एनेकपा माओवादीलाई दोस्रो, राप्रपा नेपाललाई तेस्रो र नेपाली कांग्रेसलाई चौथो नम्बरमा दर्ता गर्ने निर्णय गरेको छ । आयोगमा मंगलबार १० बटा दल दर्ता भएका छन् भने ३४ दलले फारम लगेका छन् ।
Sample-Balllot
‘नेकपा एमाले एक नम्बरमा दर्ता भएको छ, अबको चुनावमा पनि यो पहिलो शक्ति बन्छ ।’ दल दर्तापछि एमाले उपाध्यक्ष वामदेव गौतमले अनलाइनखबरसँग भन्नुभयो-’अहिले पहिलो नम्बरमा दर्ता गरे पनि चुनाव चिन्ह र मतपत्रमा कुन दललाई पहिलो दोस्रो बनाउने भन्नेबारे पछि निर्णय गर्ने गरी आयोगले एमालेलाई पहिलो दलका रुपमा दर्ता गरेको हो ।’
पहिले दर्ता गर्दैमा मतपत्रमा प्रभाव नपर्ने
आयोगले मंगलबारबाट दल दर्ताको आवेदन खोलेपछि बिहान ६ बजे नै एमालेको टोली दलबलसहित आयोगको गेटमा पुगेको थियो । त्यसपछि क्रमशः एमाओवादी र राप्रपा नेपालका नेता, कार्यकर्ताहरु पुगेका थिए । को पहिले आएको भन्दै एमाले र एमाओवादीवीच कार्यालय खोल्नासाथ विवाद भएपछि केहीबेर दल दर्ता प्रक्रिया अवरुद्ध भएको थियो । त्यसपछि बसेको आयोगको बैठकले एमालेलाई पहिलो, एमाओवादीलाई दोस्रो, राप्रपा नेपाललाई तेस्रो र नेपाली कांग्रेसलाई चौथो दलका रुपमा दर्ता गरेको हो ।
आयोगले गरेको निर्णयमा मतपत्रमा दलको नाम उल्लेख गर्दा अहिलेको निवेदनलाई आधार नमानी नयाँ निर्णय गरिने उल्लेख भएपछि एमाओवादीले एमाले भन्दा पछि दर्ता हुन मानेको हो । ‘कार्यालय खुलेपछि दर्ता हुने भए पनि बिहान पाँचैबजे नेताहरु आयोगमा आउनुभएछ । जसले पहिले दर्ता गर्छ, उसैको नाम मतपत्रमा पहिलो हुनुका साथै चुनाव चिन्ह पाइन्छ भन्ने भ्रमले गर्दा उहाँहरुले विवाद गर्नुभएको हो ।’ निर्वाचन आयुक्त इला शर्माले अनलाइनखबरसँग भन्नुभयो ।
यो राम्रो लक्षण हो : प्रमुख आयुक्त
दलहरुले आयोग परिसरमा झगडा गरिरहेका बेला पोखरामा रहनुभएका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अनलाइनखबरसँग भन्नुभयो-’यो राम्रो लक्षण हो, यसले चुनाबको माहौल शुरु भएको संकेत गरेको छ ।, अब राजधानी बाहिर पनि यस्तै रौनक शुरु हुनुपर्छ ।’
प्रमुख आयुक्त उप्रेतीले अहिले जुन दलले जति नम्बरमा दर्ता गरे पनि चुनाव चिन्ह र मतपत्रमा दलको नाम चढाउनेबारे आयोगले निर्णय गरिनसकेको र पछि कसैको पनि चित्त नदुख्नेगरी निर्णय गरिने बताउनुभयो । ‘मतपत्रमा राखिने चुनाव चिन्हबारे अहिल्यै निर्णय गरिसकिएको छैन, अन्तरराष्ट्रिय प्रचलनलाई समेत ध्यान दिँदै कसैको चित्त नदुख्ने गरी पछि निर्णय लिइने छ, अहिले ज-जसले जति नम्बरमा दर्ता गरे पनि हुन्छ ।’ उहाँले भन्नुभयो ।
विवाद हुँदा आयोग रित्तै
दल दर्ताका लागि निवेदन आह्वान गरेकै दिन एमाले र एमाओवादीवीच चर्काे विवाद भैरहँदा निर्वाचन आयोगमा भने दुईजना आयुक्तहरुको उपस्थिति थियो । विवाद समाधान गर्ने बेलामा आयोगमा अयोधीप्रसाद यादव र रामभक्त पीवी ठाकुरमात्रै हुनुहुन्थ्यो । प्रमुख आयुक्त उप्रेती र आयुक्त दोलखबहादुर गुरुङ र इला शर्मासमेत राजधानी बाहिर जानुभएकाले कार्यालयमा हुनुहन्थेन । ‘हामी जिल्ला-जिल्लामा आयोजित कार्यक्रममा भाग लिन बाहिर गएका हौं, आयोगमा दुई आयुक्तको नेतृत्व पर्याप्त छ ।’ उप्रेतीले अनलाइनखबरसँग भन्नुभयो ।
प्रमुख आयुक्त उप्रेती पोखराको कार्यक्रम सकेर बाग्लुङ जाँदै हुनुहुन्छ । उहाँ विहीबार मात्रै राजधानी आउनुहुने छ ।

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS