Widgets

ज्ञानेन्द्र राष्ट्रपति बन्न पाउँछन् : प्रचण्ड (भिडियोसहित)

Unknown | 15:48 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी खोलेर चुनाव लड्न आउँछन् भने पूर्वराजा ज्ञानेन्द्रले पनि लोकतन्त्रमा निर्वाचन लड्न पाउने बताउनुभएको छ । पूर्वराजाले चुनाव जिते भने राष्ट्रपति पनि बन्न सक्ने प्रचण्डको तर्क छ ।
prachanda
‘पार्टी खोलेर चुनाव लड्न आउँछन् भने ज्ञानेन्द्र पनि आए हुन्छ । उनले पनि प्रतिस्पर्धा गरे हुन्छ, त्यसलाई हामीले सहजरुपमा लिनुपर्छ ।’ आफ्नै निवास लाजिम्पाटमा बिहीबार साँझ अनलाइनखबरसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’चुनाव जितेर आए भने भोलि उनी राष्ट्रपति हुन पनि पाउँछन् । यदि साँचो लोकतन्त्र हो भने हामीले त्यहाँसम्म पनि उदार हुनुपर्छ ।’
जतिबेला संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा भयो, त्यसलगत्तै पार्टीहरुको बैठक बसेको र त्यसमा ज्ञानेन्द्रप्रति कस्तो व्यवहार गर्ने भन्नेबारे छलफल भएको प्रचण्डले बताउनुभयो । ‘ज्ञानेन्द्रले निरंकुश शासन पनि लगाएका हुन् । थुप्रै मान्छे मार्नेमा पनि उनको प्रत्यक्ष भूमिका छ । उनी सामन्तवादी पनि हुन्, निरंकुशतावादी पनि हुन् । कतिपय अवस्थामा त उनलाई ठूलो कारवाही गरे पनि हुने हो नि । सबभन्दा बढी कारवाही गर्नुपर्ने मान्छे त उनै हुन् ।’ प्रचण्डले भन्नुभयो- ‘तर, हामी पार्टीहरुले समझदारी बनायौं र राज्यका तर्फबाट उनलाई सुरक्षा पनि दिऔं र सम्मानित ढंगले राखौं भन्यौं ।
‘गणतन्त्र र परिवर्तनलाई स्वीकार्छन् भने ज्ञानेन्द्रलाई लखेटिराख्न जरुरी छैन । हामीले योचाहिँ मानवीय दृष्टिकोणले पनि राम्रो हुँदैन भन्यौं ।’-प्रचण्डले भन्नुभयो- ‘उनले मेरी आमालाई यहीँ नारायणहिटीभित्रै राखियोस् भने, हामीले ल ठिकै छ आमालाई त्यहीँ राख्न दिऔं भन्यौं । उनी नागार्जुनमा गएर बस्छु भने, हामीले हुन्छ भन्यौं । ज्ञानेन्द्रलाई दिएको यो सुविधा कांग्रेस एमालेले पनि स्वीकारेकै छन् । ज्ञानेन्द्र त लोकमान भन्दा हजारौं गुणा ठूला हुन्, उनको लोकमानसँग तुलनै हुन सक्दैन ।
पानी बाराबार राम्रो होइन
एमाओवादी अध्यक्ष प्रचण्डले निगतमा कोही राजावादी भयो भन्दैमा पानी बाराबार गरेर राष्ट्रिय एकता नहुने बताउनुभयो । ‘हिजो कोही राजावादी भए होलान्, कोही कांग्रेसवादी भए होलान्, अरु विभिन्न वादी भए होलान्, अहिले हामीले हिजोको आग्रह र पूर्वाग्रहको कोणबाट हैन, सैद्धान्तिक प्रतिवद्धता र व्यवहारिक संकल्पका आधारमा मानिसहरुको मुल्यांकन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो- ‘सबैलाई समेटेर अहिलेको नयाँ गणतन्त्रमा राष्ट्रिय शक्ति निर्माण गर्नेतिर लाग्नुपर्छ ।’
प्रचण्डको थप भनाइ छ-’एकापसमा पानी बाराबारको संस्कृति विल्कुलै राम्रो होइन । त्यसरी सोच्यो भने हामी नयाँ राष्ट्रिय एकता बनाउन सक्दैनौं । जनताको ताकतलाई राष्ट्र निर्माणमा एकतावद्ध गर्न पनि सक्दैनौं ।’
‘पञ्चायतकालमा राजालाई समर्थन गर्नेहरु त कति थिए, थिए, मेरै काका र नातेदारहरु कति थिए थिए, तिनीहरुले अहिले आएर गणतन्त्रलाई स्वीकारेका छन्, उनीहरुमाथि पूर्वाग्रह राखिराख्नु जरुरी छैन ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो ।
लोकमानको जिम्मा म लिन्छु
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनका चार दलका नेताहरुको भुमिका रहेको भए पनि कार्कीको जिम्मा आफूले लिने प्रचण्डले बताउनुभएको छ । ‘लोकमानलाई मैले पनि समर्थन गरेकै हो र मैले जिम्मा लिइराखेको छु , जिम्मा लिन तयार छु । अध्यक्षकोमा माइन्युट मैले बुझाएको हुँ । म जिम्मा लिन्छु । एउटा मान्छेलाई यति पूर्वाग्रहरु भिएर हेर्छौ भने हामी कति संकीर्ण र परिवर्तनको विरोधी छौं ।’
प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेले सडकमा विरोध गरे भन्दैमा आफूले गरेको निर्णयबाट पछि हट्ने मान्छेबाट यो देशको नेतृत्व हुँदैन । त्यस्ता पार्टीबाट देशको नेतृत्व हुँदैन । यस्ताले गरिखान्छन् भन्ने मलाई लाग्दैन । मैले लोकमानको जिम्मा लिएकै छु, लिन्छु ।’
भिडियो



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS