Widgets

मेरो लभ परेको छ : प्रचण्ड

Unknown | 06:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२१ वैशाख, सर्लाही । प्रत्येक आमसभामा एउटा न एउटा ‘स्क्यान्डल’ पस्कँदै देश दौडाहामा लाग्नुभएका एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीको हरिवनमा मधेस ब्यूरोद्वारा आयोजित आमसभामा आफ्नो ‘लभ’ परेको बताउनुभयो । तर, प्रचण्डको ‘लभ’ कुनै विपरीत लिङ्गीसँग परेको चाहिँ होइन । उहाँले मन्तव्यका क्रममा भन्नुभयो- ‘मधेसी जनतासँग मेरो लभ परेको छ ।’prachanda
‘मधेसी जनतासँग मेरो लभ परेको छ, अब म मधेसबाट चुनावमा उठ्छु, तपाईहरुले मलाई कत्तिको लभ गर्नुहुन्छ, म हेर्छु ।’ हरिवन बजारमा दशौं हजार जनसमूहवीच प्रचण्डले भन्नुभयो-’यसपालिको चुनावमा मधेसबाट हामी ब्याज र स्याजसहित उठाउँछौं ।’विगतमा आफूहरुबाट पनि केही गल्ती भएको र केही मधेसवादी दलालहरुले एमाओवादीलाई संघीयता र मधेसविरोधी भनी कुप्रचार गरेका कारण मधेसमा एमाओवादीले ठूलो सफलता हासिल गर्न नसकेको प्रचण्डको विश्लेषण थियो । तर, यसपालिको चुनावमा ब्याज र स्याजसमेत गरेर विगतको क्षतिपूर्ति असुल्ने उहाँले दाबी गर्नुभयो । आफूहरुले पहिचानसहितको संघीयताको मुद्दा नछाडेकाले चुनावमा जीत हुने उहाँको तर्क थियो ।
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
कार्यक्रममा सहभागी एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुलाई कांग्रेस र एमालेका नेताहरुले भ्रष्टाचारी भनेकोमा आपत्ति जनाउँनुभयो । ‘तिमीहरु हामीलाई भ्रष्टाचारी भन्दैछौ, तिम्रो सम्पत्ति हामीलाई देऊ, हामी हाम्रो सम्पत्ति तिमीहरुलाई दिन्छौं ।’ डा भट्टराईले कांग्रेस, एमाले नेतालाई संकेत गर्दै भन्नुभयो- तिमीहरुको र हाम्रो सम्पत्ति साटौं ।’कार्यक्रममा अर्का उपाध्यक्ष नारयणकाजी श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो । श्रेष्ठले मधेसको मुद्दामा पार्टी पछि नहट्ने बताउनुभएको थियो ।
कार्यक्रममा एमालेका पूर्व सर्लाही सचिव केशव ढुंगानालाई प्रचण्डले टीको लगाएर एमाओवादीमा प्रवेश गराउनुभएको थियो । नवप्रवेशी ढुंगानाले एमालेलाई ४/५ जना बाहुनले चलाएको पार्टी भएको आरोप लगाउनुभयो । दिउँसोको गर्मीमा निकैबेर लगाएर अन्य नवप्रवेशीहरुलाई पनि नेताहरुले टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । प्रचण्ड, बाबुराम, नारायणकाजी लगायतका नेताहरु आइतबार सर्लाहीमै हुने मधेस ब्यूरोस्तरीय प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS