Widgets

यौन व्यवसायलाई मान्यता दिनुपर्ने भन्छिन एक युवती...

Unknown | 03:50 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपाल प्रहरीभित्र ४० प्रतिशत महिलाले सहकर्मीबाटै यौन दुर्व्यवहार खेप्नुपरेको सर्वेक्षण प्रतिवेदनले प्रहरीभित्र खैलाबैला मच्चिएको छ । बाहिर हुने यौन दुर्व्यवहारका घटना झन् बढी आइरहन्छन् प्रहरीकहाँ । यसले समाजमा यौन अपराध बढ्दो अवस्थामा रहेको देखाउँछ ।

यसको समाधान के छ त ? मध्यपश्चिमकी प्रहरी प्रमुख डीआईजी पार्वती थापा मगर सरकारले यौन व्यवसायलाई मान्यता दिनुपर्ने धारणा रान्छिन् । 'रेडलाइट एरिया नतोक्दासम्म यौन अपराध नियन्त्रण गरेर हुने देखिँदैन,' उनी भन्छिन्, 'त्यसो भए आवश्यकता हुनेहरू रेडलाइट एरियातिर जान्छन्, समाजमा अपराध घट्छ ।'
प्रहरीले जतिसुकै नियन्त्रण गर्न खोजे पनि कुनै न कुनै रूपमा यौन व्यवसाय चलिरहेको उनी बताउँछिन् । शरीरमाथि आफ्नै अधिकारको माग भइरहेका बेला राज्य संयन्त्रले नियन्त्रण गर्न नसक्ने उनको दाबी छ । 'यौन इच्छा हुनेले विकल्प नपाउँदा अपराधतिर लाग्छ,' उनले भनिन्, 'यौन व्यवसाय नियन्त्रण गर्छु भन्नु ढोका थुनेर बिरालो पिट्नुजस्तै हो । निकास नपाएपछि त घाँटीमै झुन्डिन्छ नि ।' विकसित र छिमेकी मुलुकको अनुभवका आधारमा पनि रेडलाइट एरियाको आवश्यकता देखिएको उनको तर्क छ ।

प्रहरी संगठनभित्रैको डरलाग्दो यौन दुव्र्यवहारको तथ्यांकले भने उनलाई नमज्जा लागेको छ । सर्वेक्षणको नकारात्मक प्रभावस्वरूप प्रहरीमा महिला भर्ती निरुत्साहित हुने हो कि भन्ने चिन्ता पनि सँगसँगै छ । तर, उनी हिम्मत गर्ने महिलाहरूका लागि प्रहरीभित्र उज्वल भविष्य पनि देख्छिन् । 'दुव्र्यवहार सहने होइन, उजुरी गरिहाल्नुपर्छ । दोषीमाथि तत्काल कारबाही हुन्छ,' उनले भनिन्, 'बुवा-आमाले ढुक्कसँग छोरीलाई प्रहरीमा पठाए हुन्छ ।'
त्यसो त, डीआईजी थापालाई प्रहरीभित्र हुने यौन दुव्र्यवहारका घटना रामै्रसँग थाहा छ । त्यसमाथि थुप्रै महिला प्रहरीले उनीसमक्ष उजुरी गर्ने गरेका छन् । सबैभन्दा डरलाग्दो घटना उनले अछाम जिल्ला प्रहरीभित्र देखिन् । जहाँ, ०६६ असोज ११ गते प्रहरी जवान सुन्तली धामी सहकर्मीबाटै सामूहिक बलात्कारमा परिन् । धामीलाई न्याय दिलाउन खोज्दा तत्कालीन गृह मन्त्रालयले दुई महिनामै सुदूरपश्चिम क्षेत्रीय प्रहरीबाट काठमाडौं झिकाएको अनुभव पनि उनीसँग छ ।
विभिन्न जिल्लाका प्रहरी कार्यालयको निरीक्षण भ्रमणमा जाँदा उनले दिने निर्देशनमध्ये लैंगिक समताको विषय मुख्य हुने गरेको छ । उनले भन्ने गरेकी छिन्, 'दुवैजना अविवाहित हो र मन मिल्छ भने बिहे गरे हुन्छ । होइन भने, इच्छाविपरीत परिबन्धमा पारेर आँखा झिम्क्याउने, अंगप्रत्यंगमा हात लगाउने र यौनशोषण गरेको भेटें भने तत्काल कारबाही गर्छु ।'




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS