Widgets

यस्तै हो भने जनताले हामीलाई झुन्ड्याउँछन् : प्रचण्ड

Unknown | 14:36 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ वैशाख, सर्लाही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता र जनताले अपेक्षा गरेको भन्दा विपरीत बाटोमा लागेर आफूहरु बिगि्रएको बताउनुभएको छ । अब पनि नसुधि्रने हो भने एमाओवादी नेताहरुलाई जनताले झुण्ड्याउने प्रचण्डको निश्कर्ष छ ।
सर्लाहीमा आइतबार दिउँसो आयोजित मधेस ब्यूरोस्तरीय आन्तरिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो-’कार्यकर्ताभन्दा हामी धेरै बिग्रियौं, जनताले अपक्षा गरेको भन्दा कहाँनेर बिगि्रयो, छुट्याउन गाह्रो छ ।’ विचार समूहका नाममा हामीले गुट बनायौं । अब पनि हामी रुपान्तरित नहुने हो भने जनताले हामीलाई झुन्ड्याउँछन् ।’prachanda
विगतमा सोभियत संघका कम्युनिष्ट नेता लेनिनले बोल्सेभिक पार्टीले राम्रो काम नगरे जनताले झुन्ड्याउने बताएको स्मरण गराउँदै प्रचण्डले कार्यकर्ताहरुसँग भन्नुभयो- ‘हाम्रो पनि त्यही हालत हुनेछ । कसैले अहिले पार्टीमा लागेर घर र केही सम्पत्ति जोड्यौं भन्ने ठानेको छ भने जनताले फ्याँकिदिन्छन् ।’ पार्टीलाई र देशलाई भर्याङ बनाएर सम्पत्ति नकमाउन अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई सचेत गराउनुभयो । ‘हेटौडा महासधिवेशनले रुपान्तरणको कार्यदिशा ल्याएको छ, अब रुपान्तरण भएनौं र सुधि्रएनौं भने हामी सिद्धिन्छौं, त्यसैले हामीले तत्काल सुधि्रन जरुरी छ ।’ उहाँले भन्नुभयो ।
तर्क गर्ने क्षमता पनि भएन
अध्यक्ष प्रचण्डले एमाओवादी नेता, कार्यकर्ताले तर्क गर्नसमेत नजानेको र मुढे बलका आधारमा बल मिच्याइँ गर्ने गरेको बताउनुभयो । ‘हामीसँग तर्क गर्ने क्षमता पनि भएन, १० वर्षसम्म मुठ्ठी बजार्यौं । हामी अहिले पनि तर्क गर्न सक्दैनौं ।’ प्रचण्डले भन्नुभयो ।
विप्लबले चुनाव नलडौं भनेको खुलासा
प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले ०६४ सालको निर्वाचन बहिस्कार गर्न स्थायी समितिका नेत्रविक्रम चन्दले आग्रह गरेको खुलासासमेत गर्नुभयो । ‘अघिल्लो चुनावमा हामी कार्यदिशाविहीन थियौं । स्थायी समितिमा भएका नेत्रविक्रम चन्द विप्लवसहितका केही साथीहरुले चुनावमा जानु हुँदैन भन्दै थिए ।’ उहाँले भन्नुभयो- ‘त्यसबेला सै लागेका भए १ सय २० हैन, १४० सीट जित्थ्यौं, अहिले हामीसँग कार्यदिशा स्पष्ट छ, त्यसैले सक्रियतापूर्वक भाग दुई तिहाइ आउन सक्छ ।’शनिबार सर्लाहीको हरिवनमा आयोजित आमसभामा भाग लिएर सर्लाहीमै बसेका प्रचण्ड र बाबुराम लगायतका नेताहरु आइतबार साँझ प्रशिक्षण सकेर राजधानी र्फकने कार्यक्रम रहेको एमाओवादी नेताहरुले बताएका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS