Widgets

डिभिजन थ्री क्रिकेटमा नेपाल र बर्मुडा भिड्ने

Unknown | 03:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासंग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बर्मुडाको सेन्ट डेभिडस क्रिकेट क्लबको मैदानमा हुनेछ ।
लगातार दुई खेल हारेको नेपाल आज गर या मरको अवस्थामा मैदान उत्रनेछ । डिभिजन २ मा पुग्ने सम्भावना जिवितै राख्न मात्र हैन, शीर्ष दुईमा पर्न नसकेको अवस्थामा डिभिजन ३ मा कायमै रहनका लागि पनि नेपाललाई आज जित्नै पर्ने दबाव छ ।
नेपाल र बर्मुडा एकदिवसीय क्रिकेटमा पहिलो पटक भिड्न लागेका हुन् । ट्वान्टी ट्वान्टीमा गत वर्ष भएको भेटमा नेपालले बर्मुडालाई हराएको थियो ।
पहिलो खेलमा अमेरिकासँग ७४ रनको हार व्यहोरेको नेपाल दोस्रो खेलमा युगाण्डासँग ६ विकेटले हारेको थियो । अब नेपालले इटली र ओमानसँग खेल्नेछ ।
अंकको खाता खोल्न नसकेको नेपाल अंक तालिकाको पुछारमा छ भने बर्मुडाको २ अंक छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS