Widgets

सार्वजनिक भयो ‘सामसुङ ग्यालेक्सी एस-४’

Unknown | 14:39 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ बैशाख, काठमाडौं । आँखाको गतिबाट नियन्त्रण हुने स्मार्टफोन सामसुङ ग्यालेक्सी एस-४ नेपाली बजारमा भित्रिसकेको छ । एस-४ को आइतबार साँझ राजधानीमा एक भव्य समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ । नेपाली बजारमा एस-४ को मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्ने छ ।
s-4
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालिले सामसुङ एस-४ स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोन सोमबारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । एसफोर ६४ जिबी, ३२ जिबी र १६ जिबी गरि तीन मोडेलमा निर्माण गरिएको भएपनि नेपालमा भने १६ जिबी मेमोरी क्षमता भएको मोडेलमात्र उपलब्ध हुनेछ ।
कम्पनीले बीमा गरिदिने
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज -आइएमएस) ले गतहप्तादेखि नै बुकिङ सुरु गरिसकेको छ । कम्पनीले अगि्रम बुकिङ गर्नेहरुलाई २ हजार रुपैयाँ बराबरको फिल्प कभर उपलब्ध गराउने भएको छ । साथै, कम्पनीले एस-४ मासिक किस्ताबन्दीमा उपलब्ध गराउनुका साथै इन्स्योरेन्स समेत गरिदिने भएको छ ।
त्यसैगरि, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले आइतबारदेखि नै एसफोरको बुकिङ सुरु गरिसकेको बताउनुभयो । एनसेलले एस-४ को बिमा गरिदिनुका साथै तीन महिनाका लागि एक जीबी डाटा कार्ड समेत निःशुल्क उपलब्ध गराउने भएको छ ।
एस-४ मा ‘स्मार्ट स्टे’ र ‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रिनले आँखाको गतिअनुसार प्रतिक्रिया जनाउँछ । यस स्मार्ट फोनको स्त्रिmनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो आफै रोकिन्छ भने आँखा स्त्रिmनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । यहि सुविधा प्रयोग गरेर स्क्रोल तलमाथी सार्न समेत सकिने कम्पनीले जनाएको छ ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचस्त्रिmन भएको यस स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । दुई गिगाबाइट र्‍याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने प|mन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा रहेको छ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् । स्मार्टफोनमा २ हजार ६ सय एमएएचको ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रे



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS