Widgets

समसुङ ग्यालेक्सी एस-४ आइतबारदेखि नेपाली बजारमा

Unknown | 19:28 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ बैशाख, काठमाडौं । आँखाको गतिबाट स्क्रीन नियन्त्रण गर्न सकिने सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर आइतबार नेपाली बजारमा सार्वजनिक हुने भएको छ । तीनवटा मोडलमा उपलब्ध एसफोरको १६ जीबी आन्तरिक मेमोरी क्षमता भएको मोडल नेपाली बजारमा आउँदै छ । जस्को मूल्य नेपालमा ७१ हजार ९ सय रुपैयाँ पर्नेछ ।
samsung
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले गतहप्तादेखि नै बुकिङ सुरु गरिसकेको छ । त्यस्तै, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले आइतबारदेखि नै एसफोरको बुकिङ सुरु गरिसकेको बताउनुभयो ।
यस स्मार्टफोनमा ‘स्मार्ट स्टे’ र ‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रीनले आँखाको गतिअनुसार प्रतिक्रिया जनाउँछ । यस स्मार्ट फोनको स्क्रीनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो आफै रोकिन्छ भने आँखा स्क्रीनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । यहि सुविधा प्रयोग गरेर स्क्रोल तलमाथी सार्न समेत सकिने कम्पनीले जनाएको छ । नेपाली बजारमा गत आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको आइएमएस र भर्जिन मोबाइलले जनाएका छन् ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचस्त्रिmन भएको यस स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । दुई गिगाबाइट र्‍याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने फ्रन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा रहेको छ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् । स्मार्टफोनमा २ हजार ६ सय एमएएचको ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्स, एस ट्रान्सलेटर लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यस मोबाइलमा एनसेलले बिमा र तीन महिनाका लागि एक जीबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS