Widgets

क्रिकेटका पूर्वकप्तान भन्छन् – भोको पेटले कहिलेसम्म खेल्ने ?

Unknown | 15:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२३ वैशाख, काठमाडौं । विनोद दास नेपाली क्रिकेट क्षेत्रमा ख्यातीप्राप्त खेलाडी हुन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान दास बलर प्रशिक्षक पनि हुन् । उनले विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले पाएको सफलतालाई अहिलेसम्मकै ठूलो एवं ऐतिहासिक बताएका छन् । नेपालले फुटबलमा जत्तिकै क्रिकेटमा पनि लगानी गर्ने हो भने विश्वकप खेल्ने सम्भावना टाढा नरहेको बताउँछन् दास । क्रिकेटमा अब सरकार र क्यानले ध्यान नदिने हो भने भोको पेटले क्रिकेट खेल्न नसक्ने दासको भनाइ छ । ‘खेलाडीहरुले कति दिनसम्म भोको पेट खेल्न सक्छन् ?’- दास भन्छन् ।binod-das
 डिभिजन ३ क्रिकेटमा नेपालले पाएको सफलतावारे पूर्वकप्तान दासले अनलाइनखबरसंग गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा-
 क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता नेपाली टिमले हात पारेको छ । धेरै वर्षको मिहेनतपछि हामी एउटा लक्ष्य नजिक पुगेका छौं । सफलता हात लाग्नुमा खेलाडीको मिहेनत र टिमवर्क नै हो । पर्याप्त अभ्यास र पूर्वाधारविनै नेपाली क्रिकेट टोलीले ठूलो खुड्किलो मार्न सफल भयो । नेपालमा जसरी फुटबललाई महत्व दिइँदै आइएको छ, त्यसैगरी क्रिकेटलाई पनि सरकार, राष्ट्रिय खेलकुद परिषद र नेपाल क्रिकेट संघले लगानी गर्नुपर्छ । फुटबलमा लगानीअनुसारको प्रतिफल नआए पनि लगानी भने वर्ष वर्षमा बढ्दै गएको छ । तर, क्रिकेटमा लगानी भने निकै कम छ । यद्यपि थोरै लगानी तथा खेलाडीको धेरै मिहेनतले गर्दा नेपालले क्रिकेटमा निकै ठूलो सफलता हात पार्दै आएको छ । नेपाल डिभिजन पाँच, चार, तीन हुँदै डिभिजन २ मा उक्लिएको छ । यसले नेपाली क्रिकेटको महत्व कति रहेछ भन्ने प्रष्ट पारेको छ । नेपालले गएको वर्ष युएईमा पनि यस्तैखालको सफलता हात पारेको थियो । निकै छोटो समयमा पनि क्रिकेटमा नेपालले ठूलो फड्को मारेको छ ।Champion-nepali-circket
प्रयाप्त लगानीविनै यति ठूलो सफलता हात पार्नु नै नेपाली टोलीको ठूलो सफलता हो । नेपालले खेल जित्दा हौसिएर खेलाडीलाई सम्मान गर्ने अनि त्यसपछि क्रिकेटलाई महत्व नदिएर बस्ने अनिपछि चाहिँ क्रिकेटलाई वास्ता नै नगर्नै गरेको पाइएको छ । अब पनि यसरी नै बसियो भने त्यो नै नेपाली खेलाडी तथा क्रिकेटको अपमान हुन्छ ।नेपाली क्रिकेटको विकासका लागि क्यानले प्रयाप्त मात्रामा अभ्यासका लागि पूर्वाधारहरु बनाइदिनुपर्छ । खेलाडीहरुलाई प्रोत्साहन गर्दै अभ्यासका लागि लामो समयको टे्रनिक क्याम्प राखिदिनुपर्छ । यत्रो वर्षसम्म खेल्दै आएका खेलाडीलाई नै निरन्तरता दिएर जानुपर्छ । यदि क्यानले खेलाडीहरुलाई आवश्यक व्यवस्था गर्न सकने, अभ्यास म्याचहरु खेल्ने अवसर सिर्जना गरेन भने यही सफलतालाई निरन्तरता दिन ग्राहो हुन्छ । यसबारे क्यानले सोच्नुपर्छ । सोच्छ पनि होला अब ।
क्यानको मात्रै एकल पहलले क्रिकेटको विकास गर्न सकिँदैन । अर्को कुरा क्रिकेटको विकासका लागि क्यानले मात्रै पहल गरेर हुँदैन सरकारले पनिउत्तिकै ध्यान दिनुपर्छ । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को बिजेता बन्दै डिभिजन २ मा उक्लिनुका साथै सन् २०१४ मा हुने ५० ओभरको विश्वकप क्रिकेटमा छनौट चरणको खेल खेल्न पाउने भएको छ । यो नेपालका लागि नै गर्वको कुरा हो । प्रतियोगिता जितेर आएको नेपाली क्रिकेट टोलीलाई सरकारले सम्मानरुवरुप प्रोत्साहन गरेर क्रिकेटको विकासका लागि अधिकतम सहयोग गर्नुपर्छ । २०१४ मा हुने विश्वकप छनौट खेलका लागि तयारी गर्न सरकारले कुनै कसर बाँकी राख्नु हुन्न । किनभने समय नजिक आइसकेको छ ।
सरकारले यसअघि प्रतियोगिता जितेर आएपछि सम्मान मात्रै गर्ने र पछि वास्ता नगर्ने गथ्र्यो । अब त्यो बानी हटाउनुपर्छ । खेल जितेर आएका वेलामात्रै सम्मान गरेर खेलाडी र क्रिकेटको विकास हुँदैन । खेलाडीलाई सम्मानस्वरुप साढे तीन लाख रुपैयाँ जनही दिने कुरा राम्रो हो । तर, त्यो संगसंगै सरकारले पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्छ । खेलेर आएपछिमात्रै सम्मान गरेर हुँदैन । खेल खेल्न जाँदा पनि खेलाडीहरुलाई सरकारले सहयोग गर्नुपर्छ । क्रिकेटका खेलाडीको जीवनस्तर उकास्नका लागि पनि पहल गर्नुपर्छ ।फुटबलको विकासका लागि एन्फाले आफ्ना खेलाडीहरुलाई जसरी तलव सुविधा र ट्रेनिङ राम्रो दिइरहेको छ, त्यो राम्रै कुरा हो । त्यस्तै क्यानले पनि फुटबलको सिको लिएर क्रिकेटको विकासका लागि ध्यान दिनुपर्दछ । क्रिकेटलाई पनि फुटबलजस्तै गरी विकास गर्दै लैजानुपर्छ । क्रिकेट खेलाडीहरुलाई पनि व्यवसायिक बनाएर लैजानु पर्छ क्यानले । जसरी एउटा क्लबवाट ए डिभिजन लिग खेल्ने फुटबल खेलाडीहरुले मासिक ७०/८० हजार पाउँछन् ।ch-2
 त्यस्तै राष्ट्रिय खेलाडीलाई एन्फाले मासिक तलब दिन्छ । तर, क्रिकेट खेलाडीलाई अब पनि यस्तो व्यवस्था नहुँदा खेलाडीहरुमा नकारात्मक विचार बढ्छ खेलप्रति घृणा लाग्न सक्छ । क्यानले ५/७ हजार रुपैयाँ क्रिकेट खेलाडीहरुलाई दिन त दिन्छ । तर त्यो पनि कति खेलाडीले पाउँछन् भन्ने कुरा हो । कतिले नपाएको अवस्था पनि छ । विश्वकप छनौट खेल्ने समय आइसक्यो हामीले क्रिकेट खेलाडीहरुले कति दिनसम्म धान्न सक्ने ? हामीले भोको पटेले कहिलेसम्म खेल्ने ? कहिलेसम्म खेल्न सक्छौं ?
यस्तो अवस्थालाई सुधार गरिएन भने जुन हामीले सफलता हात पारेका छौं । जुन खुशी हामीले मनाइरहेका छौ, यस्तो सफलता नदोहोरिन पनि सक्छ । नेपाली क्रिकेट टोलीको सफलतालाई यसैगरी राख्ने हो र यही सफलतालाई निरन्तरता दिने हो भने लगानी पनि क्रिकेटमा त्यहीअनुसारको गर्नु पर्छ । अब राम्रो टाइमा विट गर्‍यो । जब नेपालले सुरुका दुई खेल हार्‍यो । नेपाली टिमले यति ठूलो सफलता हात पार्ला भनेर कसैले पनि सोचेको थिएन । दुई खेलमा पराजय भोगेर पनि हतास नभई लगातार चार खेल जितेर नेपाली खेलाडीले राम्रो क्षमता देखाएका छन् । सबैले थाहा पाए नेपाली टिम तथा खेलाडीहरुको मिहेनत कत्तिको राम्रो रहेछ । त्यसैले क्रिकेटको विकासका लागि अब पनि ढीलो गरियो भने अहिलेसम्म हात पार्दै आएको सफलता नपाउन सकिन्छ यसबारे सबैको ध्यान जानुपर्छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS