Widgets

चिडियाखानामा डेटिङ ! (फोटो फिचरसहित)

Unknown | 19:26 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ चैत, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना जनावर अवलोकनको लागि मात्र होइन, घुमफिर र मन बहलाउने ठाउँ पनि हो । अझ कतिपयलाई त जोडी मिलाउने ठाउँ समेत बनेको छ, चिडियाखाना । ‘चिडियाखाना घुम्न जाने भनेर केटा पक्षकाले केटा र केटी पक्षकाले केटी लिएर आउँछन्, अनि दुवैलाई भेट गराएर जोडी टुंग्याउने गरेको समेत हामीलाई थाहा छ’ चिडियाखानाका एक कर्मचारीले अनलाइनखबरसित भने ।1
विवाहको लागि जोडी मिलाउनुभन्दा पहिले केटा र केटी पक्षकाले कुरा गर्छन् । त्यसपछि अप्रत्यक्ष रुपमा केटाले केटीलाई र केटीले केटालाई हेर्ने गरिन्छ । केटीले थाहा नपाउने गरी केटाले र केटाले थाहा नपाउने गरी केटीले हेर्ने यस्तो ठाउँ जहाँ पनि मिल्दैन । त्यस्तै सार्वजनिक ठाउँ वा केटा या केटीले काम गर्ने कार्यालयमा यस्तो वातावरण बन्न सक्छ । तर राजधानीमा हुनेलाई चाहिँ चिडियाखाना उपयुक्त ठाउँ बनेको छ । घुम्न जाने वहानामा चिडियाखाना पुगेर केटा-केटीले आपसमा हेर्ने र पछि चित्त बुझेपछि कुरा अगाडि बढाउने गरेको घटना प्रशस्तै रहेको चिडियाखानाका कर्मचारीले बताए ।2
जोडी मिलाउने मात्र होइन, मिलिसकेका जोडी ‘डेटिङ’ जाने उपयुक्त ठाउँ पनि चिडियाना हो । चिडियाखानाका अनुसार अवलोकन गर्न जानेमध्ये झण्डै आधीजसो यस्तै जोडी हुन्छन् । सँगै जनावरको अवलोकन गर्ने, डुंगा सयर गर्ने र एकान्तमा बसेर मीठा कुरा गर्न पाइने भएकाले चिडियाखाना यस्ता जोडीहरुको मन बहलाउने उपयुक्त ठाउँ बनेको छ ।3
4
5



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS