Widgets

पूर्वाञ्चलमा यस्तो छ एमाओवादीको स्थिति

Unknown | 19:25 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


-अरुण बराल/धरानबाट फर्केर
 पूर्वी नेपालका १९ जिल्लाका एमाओवादी कार्यकर्ताहरु चुनाबी माहौल बनाउन एवं शीर्ष नेताहरुको प्रशिक्षण सुन्न बिहीबार धरानमा जम्मा भए । बुधबार इटहरीमा आयोजित सभामा भाषण गर्दै एमाओवादी नेताले पूर्वाञ्चलको जनलहर देखेपछि आगामी चुनावमा जित्ने निश्चित भएको दाबीसमेत गरे । विगत ०६४ सालको चुनावमा पूर्वी नेपालमा ४४ सीटको परिणाम हेर्दा एमाओवादीले ५० प्रतिशत अर्थात् २२ सीटमा विजय हात पारेको थियो । तर, अहिले एमाओवादीलाई आफ्नो पहिलेको साख बचाउन त्यति सजिलो छैन ।
कोचिलाको २२ सीटमा चर्को प्रतिश्पर्धा
एमाओवादीले भन्दै आएको कोचिला राज्यसमितिका झापा, मोरङ र सुनसरीमा कुल २२ निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये विगतमा एमाओवादीले १० सीट जितेको थियो भने कांग्रेस र एमालेले ३/३ सीटमात्रै जितेका थिए । यस क्षेत्रका २२ सीटमध्ये मधेसी जनअधिकार फोरमले ६ स्थानममा विजय हात पारेको थियो ।
purba
अनलाइनखबरले यसैसाता गरेको प्रत्यक्ष अनुगमनमा झापा, मोरंग र सुनसरीमा कांग्रेस र एमालेले आफ्नो स्थितिमा थोरै सुधार गर्ने संकेत देखिएको छ । एमाओवादीसँग तालमेल नगरेको अवस्थामा मधेसी दलबाट विजय गच्छदारबाहेक अन्यले जित्ने सम्भावना न्यून रहेको स्थानीय विश्लेषकको तर्क छ । कांग्रेस र एमालेले झापामा सहकार्य गर्ने सम्भावना देखिएको छ । मोरंगमा एमालेले स्थानीय उमेद्वारलाई प्राथमिकता दिने रणनीति बनाएको छ । मधेसी दलको विखण्डनको फाइदा मोरंग र सुनसरीबाट आफूले उठाउने कांग्रेसका जिल्ला नेताहरुको दाबी छ ।
०६४ सालमा लिम्बुवानमा कांग्रेस, एमाले नै अगाडि
एमाओवादीले भन्दै आएको लिम्बुवान राज्य समितिअन्तरगत पूर्वका ५ जिल्ला पर्छन् । लिम्बुवान भनिएका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र तेह्रथुममा कुल १० वटा निर्वाचन क्षेत्र रहेका छन् । जातीय राज्यको वकालत गरे पनि गत चुनावमा लिम्बुवानका १० क्षेत्रमध्ये एमाओवादीले २ स्थानमात्रै जितेको थियो । कांग्रेस र एमालेले लिम्वुवानबाट एमाओवादकिो भन्दा दोब्बर, अर्थात् ४/४ सीट जितेका थिए ।
विगतमा कमजोर अवस्थामा रहेको लिम्बुवानमा एमाओवादीले यसपालि आफ्नो स्थितिमा कति सुधार ल्याउला ? यसबारे कतैबाट पनि अध्ययन भैसकेको छैन । तर, विगतमा चुनाव बहिस्कार गरेको सन्जुहाङ पालुङ्वा समूहले पनि यसपालि चुनावमा भाग लिने र लिम्बुवानमा रहेको कुमार लिङ्देन नेतृत्वको अर्को समूहले वैद्य पक्षसँग गठबन्धन गरेको अवस्था छ । वैद्यपक्षको खासै प्रभाव लिम्बुवानमा नदेखिए पनि एमाओवादीप्रति जनतामा निराशा बढेको स्थानीयहरु बताउँछन् । त्यसैले पहिलेको कमजोर अवस्थामा रहेको लिम्बुवानमा कायापलट गर्न एमाओवादीलाई निकै मुश्किल छ ।
इलामका तीनवटै सीटमा यसअघि एमाओवादी तेस्रो स्थानमा छ । पाँचथरमा पनि दुईवटै क्षेत्रमा एमाओवादीको स्थान तेस्रो नै हो । तेह्रथुममा पनि एमाओवादी तेस्रो स्थानमा छ । ताप्लेजुङमा चाँहि दुबै सीटमा एमाओवादीको पूर्वस्थान दोस्रो रहेको छ ।
बच्ला त किरात प्रदेशको बर्चश्व ?
किरत प्रदेशका भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र संखुवासाभाका कुल १२ सीटमध्ये गत चुनावमा एमाओवादीले १० सीटमा विजय हात पारेको थियो भने यसक्षेत्रमा एमाले र कांग्रेसले एक/एक सीटमात्रै जितेका थिए । यतिबेला चर्को विवादमा परेका बालकृष्ण ढुंगेलले पनि यही क्षेत्रबाट जितेका हुन् । अर्का नेता गोपाल किरातीले पनि यही क्षेत्रबाट जितेका थिए । यसपालि गोपाल किराती धरानबाट चुनाब लड्ने चर्चा छ ।
किरात प्रदेशमा विशेष गरी भोजपुर र उदयपुरमा एमालेका अशोक राईको विभाजनको प्रभाव बढी भएकाले यसपालि यस क्षेत्रमा आफ्नो स्थितिमा सुधार ल्याउन एमालेलाई निकै चुनौतीपूर्ण देखिन्छ । भोजपुर, खोटाङ र ओखलढुंगाका एक/एक स्थानमा यसअघि एमाले दोस्रो स्थानमा थियो भने उदयपुरका दुईवटा क्षेत्रमा एमालेले दोस्रो पोजिसन ल्याएको थियो । १२ सीटमध्ये १ स्थानमा जितेको र ५ स्थानमा दोस्रो बनेको एमालेका लागि अशोक राईको विभाजनले यसपालि विगतको साख जोगाउन पनि निकै मुस्किल पर्ने देखिन्छ किरात प्रदेशमा । तर, एमाओवादीका भोजपुरका पूर्वसभासद वैद्यतर्फ लागेकाले एमाओवादीलाई पनि विभाजनको पीडा त्यति सहज छैन ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS