Widgets

प्रचण्डलाई सर्लाहीमा चुनाव लड्न कांग्रेस कार्यकर्ताको निम्तो

Unknown | 14:38 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ वैशाख, सर्लाही । नेपाली कांग्रेससहितका दलका नेताहरुले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्न निम्तो दिएका छन् । प्रचण्डले आफू मधेसबाटै चुनाव लड्ने बताइरहेका बेला सर्लाहीका नेताहरुले आफूहरु विपक्षी पार्टीको भए पनि केन्द्रीय उम्मेदवार चाहिएको बताए ।
prachanda-news
लालबन्दीमा आइतबार भएको अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टीका सर्लाही अध्यक्ष गोविन्द महतले भन्नुभयो-’प्रचण्डजीले मधेसबाटै चुनाव लड्छु भन्नुभएको छ, म उहाँलाई सर्लाही क्षेत्र नम्बर १ बाटै चुनाव लड्न आहृवान गर्छु ।’ त्यस्तै कांग्रेसका स्थानीय नेता एवं नागरिक समाजका अगुवा नारद पोखरेलले महतको प्रस्तावलाई समर्थन मात्रै गरेनन्, प्रचण्ड उम्मेदवार बने आफूले पनि भोट दिने घोषणा गर्नुभयो । ‘हामी यतिबेला नेताविहीन भएका छौं, म कांग्रेसको कार्यकर्ता हुँ । हाम्रै अवस्था पनि नराम्रो छ’ पोखरेलले भन्नुभयो-’हामीलाई दह्रो उमेद्वार चाहिएको छ । प्रचण्ड आउनुभो भने मै भोट हाल्छु ।’
बाबुराम भट्टराई अहिलेसम्मकै सफल अर्थमन्त्री र प्रधानमन्त्री भएको भन्दै कांग्रेसले बाबुरामलाई हटाएको भन्दै विरोध गर्नुभयो । उहाँले प्रचण्ड समेत बाबुरामसँग रिसाएको हो ? भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले भारत र चीन भ्रमण, राष्ट्रियता र स्थानीय समस्या राखका थिए । जवाफमा प्रचण्डले आफ्नो भारत र चीन भ्रमण राष्ट्रिय हितको पक्षमा भएको बताउनुभयो । उहाँले भारत र चीनको संयुक्त सहयोग ल्याउन सके मात्र नेपालको विकास र एकता कायम रहने बताउनुभयो । उहाँले लोडसेडिङसहितका समस्या राजनीतिक समितिमार्फत सरकार समक्ष राख्ने आश्वासन दिनुभयो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS