Widgets

नीता अब बोल्ड बन्ने

Unknown | 15:13 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

काठमाडौं । औसत व्यापार गरेको 'नोटबुक' सिनेमाकी नायिका नीता ढुंगाना आफूले अब खेल्ने फिल्ममा भने बोल्ड बन्ने बताएकी छिन् । 'अबको फिल्ममा म बोल्ड क्यारेक्टरको रुपमा प्रस्तुत हुने छु,' फिल्म नेपालसँगको कुराकानीमा नीताले भनिन् । 

'नोटबुक'को रिलिजपछि वैशाखभर फुर्सदमा रहेकी नीताले जेठदेखि नयाँ सिनेमामा हात हाल्दैछिन् । नीताले आफ्नो नयाँ फिल्मबारे थप केही बताउन चाहिनन् तर त्यसमा आफू बोल्ड हुने भने बारम्बार दोहोर्‍याइन् । 

नयाँ निर्देशकको सिनेमामा खेल्न लागेको नीताको भनाइ छ । ती निर्देशकको नाम नखुलाएपनि सिनेमा राजनीतिक विषयवस्तुमा केन्दि्रत रहने उनले सुनाइन् । अनावश्यक गन्थन मात्रै भरिएको 'नोटबुक' थन्काएर नीता किन बोल्ड बन्न लागेकी हुन् ? 

कतै सिनेमा चलाउन बोल्ड दृश्य दिनै पर्ने गलत प्रवृत्तिको सिकार भएकी त होइनन्, उनी ? अमूर्त बोल्ड भूमिकाबारे नीताले प्रस्ट्याइनन् । चाहिनेभन्दा बढी बोल्ड बन्दा नायिका सुष्मा कार्की बजारबाटै हराएको धेरै भएको छैन भन्ने हेक्का नीताले पनि राख्ने कि ? 



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS