Widgets

ट्वान्टी-२० क्रिकेटको उपाधि आईटी

Unknown | 19:34 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ बैशाख, काठमाण्डौ । आईटीले नेपाल टेलिकम ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा आईटी जिएसएमलाई ६ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको आईटीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय २७ रन जोड्यो । आईटीका नेत्र भट्टले नटआउट ५५ र हरि शर्माले २४ रन बनाए । बलिङतर्फ जिएसएमका मनीष गुप्ताले २ विकेट हात पारे ।प्रत्युत्तरमा जिएसएमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २१ रन बनायो । जिएसएमका विनोद रिमालले नटआउट २५, प्रक्षेत थापाले २६ र विनय पोखरेलले १४ रन जोडे । बलिङतर्फ आईटीका हरि शर्मा, नेत्र भट्ट र प्रदीप खतिवडाले समान २-२ विकेट लिए । नेत्र फाइनल खेलको ‘म्यान अफ द म्याच’ बने ।
आईटीका हरि ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट ब्याट्सम्यान घोषित भए । पीएसटीएनका सुदन सुवाल उत्कृष्ट बलर चुनिए । नेपाल टेलिकमद्वारा आयोजित तीनदिने प्रतियोगितामा टेलिकमअन्तर्गतकै ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS