Widgets

अप्रिलमा पर्यटक आगमन घट्यो

Unknown | 19:27 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


 १९ वैशाख,  काठमाण्डौ  । पछिल्लो तथ्यांकले हवाइ मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या घटेको देखाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांक अनुसार यो वर्षको अप्रिल महिनामा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.९ प्रतिशत कम छ । तथ्यांक अनुसार अप्रिल महिनामा ५४ हजार १ सय १९ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
trekking-in-nepal1कार्यालयका अनुसार अप्रिल महिनामा गतवर्षको तुलनामा सार्क क्षेत्रका पर्यटक सबैभन्दा घटेका छन् । अघिल्लो वर्षको अपि्रल महिनामा भन्दा सार्क क्षेत्रबाट २१.६ प्रतिशत कम पर्यटक नेपाल आएका तथ्यांकले देखाएको छ । अप्रिलमा भारतीय पर्यटकको आगमन सबैभन्दा बढिले अर्थात् २५.३ प्रतिशतले घटेको छ जबकी बंगलादेशबाट आउने पर्यटकको संख्या भने अघिल्लो वर्षको अप्रिलको तुलनामा झण्डै १७ प्रतिशतले बढेको छ ।
तथ्यांक अनुसार अपि्रल महिनामा चिनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.६ प्रतिशतले बढेको छ । त्यस्तै मलेसिया, थाइल्याण्ड, अस्ट्रेलिया लगायतका देशबाट हुने पर्यटक आगमन बढेको छ भने जापान, दक्षिण कोरिया, सिंगापुर तथा युरोपेली पर्यटकको संख्यामा पनि कमी आएको छ ।
अध्यागमन कार्यालयका अनुसार अपि्रल महिनामा अन्तराष्ट्रिय विमानस्थलबाट ६६,१०७ जना विदेशी पर्यटक बाहिरिएका छन् । यो महिनामा ६२,४८८ जना नेपाली भित्रिएका र ७५,३२३ जना नेपाली बाहिरिएका तथ्यांकले देखाएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS