Widgets

नेपाली चेली हलिउडमा

Unknown | 04:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


केही परिचित नेपाली कलाकार बलिउडमा संघर्ष गरिरहँदा एक नेपाली चेली भने विश्वकै ठूलो चलचित्रनगरी हलिउडमा प्रवेश गरेकी छिन्। दुई वर्षको उमेरमा नेपाल छाडेकी श्वेता १६ वर्षको उमेरमै हलिउड प्रवेश गरेकी हुन् । अभिनयको औपचारिक प्रशिक्षणपछि विगत ४ वर्षदे खि हलिउडका चलचित्रमा अभिनय गरिरहेकी छिन् । श्वेताले आधा दर्जन चलचित्र, टेलिश्रृंखला, वृत्तचित्र तथा रंगमञ्चमा अभिनय गरिसकेकी छिन्।
काठमाडौंको भाटभटेनी पुख्र्यौली घर भएकी श्वेता लामिछानेले मेरोसिनेमा डटकमका मोहन डोटलको सहयोगमा साप्ताहिकसँग लामै अनलाइन वार्ता गरिन्। वार्ताका क्रममा श्वेताले आफ्नो विगत, वर्तमान तथा भविष्यसम्मको योजना सुनाउन भ्याइन्। विश्वको सबैभन्दा ठूलो चलचित्र उद्योगमा अभिनय गर्ने सानैदेखिको चाहनालाई पूरा गर्न उनी हलिउड छिरेकी हुन् । श्वेता अहिले त्यहाँ व्यावसायिक रूपमै अभिनय गर्न थालेकी छिन्। यो अवधिमा श्वेताले चारवटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् ।
श्वेताले पहिलो पटक अभिनय गरेको हलिउडको चलचित्र हो ‘डेस्टिनी’। न्युयोर्क फिल्म एकेडेमीको डेस्टिनीमा अभिनय गर्नुअघि श्वेताले न्युयोर्क फिल्म एकेडेमीमा अभिनयको प्रशिक्षण लिएकी थिइन्। उक्त चलचित्रमा श्वेताले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन्। यसबाहेक उनले सूर्य एन श्रेष्ठको ‘अर्बन रस’, माट होल्डरको डेथ अफ टम्मी पिस्टोल, पारामाउन्टको फ्रिडम राइटर्स, एसके मिडियाको पीएसए अर्गान डोनेसन आदि चलचित्रमा अभिनय गरेकी छिन्।
तीनवटा टेलिभिजन कार्यक्रममा समेत अभिनय गरेकी छिन्। २६ वर्षीया श्वेता आफू हलिउडमा सक्रिय कलाकारका रूपमा प्रवेश गर्ने पहिलो नेपाली हुन सक्ने बताउँछिन्। श्वेता ललितपुरको पाटन अस्पतालमा २०४१ साल वैशाखमा जन्मिएकी हुन्। श्वेताको लक्ष्य हलिउडका उत्कृष्ट चलचित्रमा उत्कृष्ट अभिनय गर्दै ओस्कार एवार्ड जित्नु हो। अमेरिकी नौसेनामा प्रवेश गर्ने पहिलो नेपाली महिलाका रूपमा समेत चिनिने श्वे ताको हलिउड यात्राको आफ्नै कथा छ। लसएञ्जलसको एल क्यामिनो कलेजबाट रंगमंचमा डिग्री लिएपछि उनले प्रतिष्ठित बेभर्ली हिल्स प्ले हाउसमा अभिनयको प्रशिक्षण लिइन्।
श्वेताले पहिलो पटक अभिनय गरेको हलिउडको चलचित्र हो ‘डेस्टिनी’। न्युयोर्क फिल्म एकेडेमीको डेस्टिनीमा अभिनय गर्नुअघि श्वेताले न्युयोर्क फिल्म एकेडेमीमा अभिनयको प्रशिक्षण लिएकी थिइन्। उक्त चलचित्रमा श्वेताले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन्। यसबाहेक उनले सूर्य एन श्रेष्ठको ‘अर्बन रस’, माट होल्डरको डेथ अफ टम्मी पिस्टोल, पारामाउन्टको फ्रिडम राइटर्स, एसके मिडियाको पीएसए अर्गान डोनेसन आदि चलचित्रमा अभिनय गरेकी छिन्। उनले ‘अ लिटिल थिङ कल्ड लभ’ मा गीतसमेत गाएकी छिन्, जसको संगीत गाब्रियल लुइसले दिएका हुन्।
श्वेतालाई पहिलो पटक देख्नेहरू छक्क पर्छन्। श्वेताका अनुसार उनको अनुहार देखेर धेरै मानिस झुक्किन्छन्। ‘मेरो अनुहार देखेर मानिसहरू झुक्किन्छन्। नाम सुनेपछि तिमी के हौ ? भनेर सोध्छन्,’ उनले साप्ताहिकसँग भनिन्— ‘नेपाली हुँ भनेपछि सबैजना छक्क पर्छन्।’ श्वेताले दुई वर्षको उमेरमा नेपाल छाडेकी हुन्। बुबा सीएम (चिन्तामणि) लामिछाने छात्रवृत्ति पाएर अस्ट्रेलिया जाने भएपछि श्वेता पनि परिवारका अन्य सदस्यसहित अस्ट्रेलिया पुगिन्। अस्ट्रेलियामा चार वर्ष बसेपछि उनीहरू अमेरिका सरे। श्वेताको किशोरावस्था अमेरिकामै बित्यो। नौसेनाको जागिर एवं अध्ययनलाई एकातिर थन्काउँदै उनी सन् २००७ को प्रारम्भमा लसएन्जलसतर्फ लागिन्। हलिउड छिर्दा श्वेतासँग सपनामात्रै हाेइन, क्षमता पनि थियो। नौसेनाको तालिमले दिएको आत्मविश्वासका साथ उनी रंगमंचसम्बन्धी औपचारिक अध्ययन गर्न थालिन्। एल क्यामिनो कलेजमा अध्ययनसँगै सामुदायिक नाटकमा पनि अभिनय गर्न थालिन्, जुन अहिले पनि जारी छ। कलेजपछि उनले बेभर्ली हिल्समा प्रवेश पाएकी हुन् जहाँबाट उनलाई अनेकौं अवसरले चिहाइरहेका छन्।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS