Widgets

‘हिरोइन बनाइदिन्छु भनेर यौनशोषण हुन्छ’

Unknown | 15:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


उदयपुरको कटारीस्थितस्कुलमा पढ्दादेखि नै मानिका दाहाललाई गुरुहरुले समेत ‘हिरोइन’ भन्थे । जतिबेला उनलाई ‘हिरोइन’को अर्थसमेत थाहा थिएन् ।

त्यही अर्थलाई पहिल्याउने क्रममा मोनिका नव नायिकाको रुपमा रजतपटमा प्रबेश गरेकी छन् ।  हालै इन्ड क्लाप भएको फिल्म ‘नाईट क्वीन’बाट  ‘डेब्यु’ गरेकी उनी यतिबेला दोस्रो फिल्म ‘बडिगार्ड’को अभिनयका लागि तयारी गर्दैछिन् ।

५.५ फिट उचाई, हिस्सी परेको मुहार अनि आर्कषक जिउडालकी धनी मोनिकालाई यतिबेला थुप्रै सिनेमाबाट नायिकाको प्रस्ताव आईरहेको छ । ‘तर अब राम्रो ब्यानरको सिनेमा छानेर मात्र कम गर्ने सुरमा छु ।’ उनले भनिन् ।

मोनिकाको भनाईमा चलचित्र क्षेत्रमा नायिका बनाईदिन्छु भनेर यौन शोषण गर्नेहरु नभएका हैनन् । तर भगवानको कृपाले त्यस्ताको फन्दामा नपरी आफु नायिका भएकामा गर्व गर्छिन उनी । यसअघि पनि म्युजिक भिडियोकी ब्यस्त मोडल रहेकी दाहालले पछिल्लो समय चलचित्रमा ब्रेक पाएकी हुन् ।

नेपाली चलचित्रबृत्तमा नम्वर वान नायिका बन्ने अठोट लिएकी उनी सबै कलामा पूर्ण भएर नायिकाको रुपमा फिल्म दुनियाँमा प्रबेश गरेकी हुँ भन्छिन् । सेक्सलाई सृष्टि मान्ने उनी सेक्सकै कारणले कतिपय अबस्थामा धेरै मानिसहरु बिग्रिएको गुनासो गर्छिन ।
त्यसैले चलचित्र क्षेत्रलाई यौन शोषण बर्जित बनाउनुपर्ने उनको सुझाब छ । हाल स्नातक तेस्रो बर्षमा अध्ययनरत उनी अभियनसँगै अध्ययनलाई पनि अगाडि बढाउने योजनामा छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS