Widgets

वाइसीएल संयोजकबाट सागरलाई हटाइयो

Unknown | 03:19 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले चन्द्रबहादुर थापा ‘सागर’लाई वाइसीएल उपत्यका संयोजकको जिम्मेवारीबाट हटाएको छ । वाईसीएल नेवाः राज्य समितिको बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले थापालाई हटाएर रामप्रसाद सापकोटा ‘दिपशीखा’लाई संयोजक तोकेको हो । Sagarनयाँ संयोजक सापकोटा यसअघि वाइसीएल उपत्यका सहसंयोजक हुनुहुन्थ्यो । थापा र सापकोटा दुवै वाएसिएलका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य हुन् । बैठकमा माओवादी नेवाः राज्य समिति संयोजक देवेन्द्र पौडेल, वाइसीएल अध्यक्ष गणेशमान पुन र सह-संयोजक राजु खड्काको उपस्थिति थियो ।
थापाले पार्टी निर्णयविपरीत बेरोजगार युवा संघ गठन गरेको भन्दै वाइसीएलभित्र सापकोटा पक्षधरहरुले थापाको चर्को आलोचना गर्दै आएका थिए । गत माघ अन्तिम साता हेटौंडामा भएको सातौं महाधिवेशनमा पनि बेरोजगार युवा संघका नाममा वाइसीएलको समानान्तर कमिटी निर्माण गरेको भन्दै सापकोटाले थापाको विरोध गर्नुभएको थियो । थापालाई हटाइएपछि सापकोटाको नेतृत्वमा १ सय ९ सदस्यीय राज्य सम्मेलन आयोजक समिति गठन भएको छ ।
पूर्वसभासद् रहेका थापाले भने आफूलाई कारवाही गरिएको वा हटाइएको समाचार सत्य नभएको बताउनुभयो । ‘मलाई हटाएको वा कारवाही गरेको हैन, मैले आफैं वाइसीएलको संयोजकबाट राजीनामा दिएको हुँ ।’ -भैरहवामा रहनुभएका थापाले अनलाइनखबरसँग भन्नुभयो । थापाकै भनाइलाई पुष्टि गर्दै एमाओवादीका नेवा इञ्चार्ज देवेन्द्र पौडेलले भन्नुभयो- ‘उनलाई कारवाही गरिएको होइन, अब उनले बेरोजगार संघ चलाउँछन्, दीपशिखाले वाइसिएल चलाउँछन्, सागर पनि पार्टीमै छन् वाइसिएलबाट मात्रै जिम्मेवारी मुक्त गरिएको हो ।’
सापकोटाले उपत्यकामा छिन्नभिन्न अवस्थामा पुगेको वाइसीएलको संगठनलाई मजबुत पार्नु आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । वाइसीएललाई विगतकै संरचनामा फर्काउने जानकारी पनि सापकोटाले दिनुभयो । ‘विगतकैजस्तो व्यारेकमा त हामी बस्दैनौं’, सापकोटाले भन्नभुयो, ‘ तर, आवश्यक पर्दा केन्दि्रत र विकेन्दि्रत दुवै तरिकाको संरचना बनाउँछौं ।’
वाइसिएलको बैठकले वाइसीएल नेवा राज्यको सम्मेलन आगामी जेठ ४ र ५ गते पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा काठमाडौँको वसन्तपुरमा गर्ने निर्णयसमेत गरेको छ । त्यसअघि वैशाख २५ देखि ३० गतेसम्म ६ जिल्लाको जिल्ला सम्मेलन सक्ने पनि वाइसीएलले जनाएको छ । वाइसीएल नेवाः राज्य समितिमा काठमाडौँ, ललितपुर, भक्तपुर, मजदुर, विद्यार्थी र सम्पर्क जिल्ला समिति गरी ६ वटा जिल्ला कमिटी आवद्ध छन् । राज्य सम्मेलनपछि स्ववियु निर्वाचनका लागि परिचालित हुने वाइसिएल संयोजक सापकोटाले जानकारी दिनुभयो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS