Widgets

कमल थापा भर्सेज मरिचमान !

Unknown | 19:25 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ वैशाख, काठमाडौं । पूर्वपञ्चहरुसमेत आपसी झगडामा कम्युनिष्टभन्दा कम छैनन् । आगामी संविधानसभाको चुनावमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको नारासहित कमल थापा नेतृत्वको राप्रपा नेपालले शक्ति आर्जन गर्ने दाबी गरिरहेका बेला पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले समेत राजनीतिमा चासो दिन थाल्नुभएको छ ।
kamal-thapa with marichmanथापाले पूर्वराजाको नाम भँजाएको भन्दै पूर्वप्रधानमन्त्री सिंहले देशमा संवैधानिक नभई सक्रिय राजतन्त्रको वकालत गर्न थालेको स्रोत बताउँछ । सिंहले मनमोहनसमशेर राणासँग राजतन्त्रवादी पार्टी बनाउनेबारे छलफल गरिहरहेको बुझिएको छ । कमल थापाले पार्टीबाट हटाएका शाहीकालका पूर्वसञ्चार मन्त्री टंक ढकालसमेत मरिचमानकै पक्षमा छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघि सारेको जनमत संग्रहका माध्यमबाट राजतन्त्रबारे निर्णय हुनुपर्ने मागप्रति मरिचमान सिंह लगायतका पूर्वपञ्चहरु सहमत छैनन् । राजसंस्थामाथि जनमत संग्रह हुनै नसक्ने र राजा निरपेक्ष हुनुपर्ने उनीहरुको तर्क छ ।
पूर्वराजाको नाम लिएर पार्टी विस्तारमा लागिरहेका थापाले आफ्नो पार्टीमा सामुहिक नेतृत्व विकास गर्न नसकेको सिंहको आरोप छ । आफैंमात्र एक्लै नेता हुने र आफूसरहका व्यक्तित्वलाई अगाडि आउन नदिने थापाको कार्यशैलीले पार्टी बलियो नहुने भन्दै उनीहरुले थापाको आलोचना गरेका छन् । ‘कमल थापा एक्लै छन्, उनले अरु राजावादीलाई समेट्न सकेका छैनन् र त्यतातिर ध्यान पनि दिएका छैनन् ।’- स्रोतले भन्यो ।
हुन पनि विगतमा शाहीकालमा राजालाई सँगै साथ दिएका रमेशनाथ पाण्डे, टंक ढकाल लगायत कसैलाई पनि थापाले पार्टीमा समेट्न सकेका छैनन् । सानो कोटरी बनाएर समाउने उनको कार्यशैली देखिएको छ । राष्ट्रिय जनशक्ति पार्टी र राप्रपासित उनले संवैधानिक राजतन्त्र र धर्म सापेक्षताको नीतिका कारण पार्टी एकता गर्न सकेका छैनन् ।
एमाले कांग्रेसको लाइन
संवैधानिक राजतन्त्र मान्ने कमल थापाको लाइनलाई मरिचमान सिंह समूहले कांग्रेस एमालेको फेटोकपी बताएका छन् । ‘संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्र भनेको त, कांग्रेस, एमालेको लाइन हो, कमल थापा यसैलाई बोकेर हिँडेका छन् ।’- मरिचमानको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘राजतन्त्रकै वकालत गर्ने भए सक्रिय राजतन्त्रको वकालत गर्नुपर्छ ।’
सक्रिय राजतन्त्रको लाइन अनुसार पार्टी बनाउने सोचाइमा सिंह रहे पनि तत्कालै त्यस्तो पार्टी बनाएर निर्वाचनमा गइहाल्ने सोचाइमा उनी नभएको स्रोतले बतायो । ‘पूर्वपञ्चहरुवीच ठूलो अन्तरविरोध छ, यिनीहरु यति सजिलै एकतावद्ध भैहाल्लान् भनेर अनुमान लगाउन गाह्रो छ । मनमोहनसमशेर लगायतका पूर्व राजावादीले भने पार्टी गठन गरिसकेका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS