Widgets

विश्वको सबैभन्दा सानो फिल्म, परमाणु बन्यो हिरो (भिडियो सहित)

Unknown | 19:29 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


अमेरिकी कम्प्युटर निर्माता कम्पनी आइबिएमका वैज्ञानिकहरुले पदार्थको सबैभन्दा सानो अंश परमाणुलाई अभिनेता बनाएर विश्वको सबैभन्दा सानो चलचित्र निर्माण गरेका छन् । यो चलचित्रको नाम ए ब्वाय एण्ड हिज एटम अर्थात् एउटा केटा र उसको परमाणु भन्ने रहेको छ । यसमा तामाको सतहमा एउटा परमाणुलाई हिँडाइएको छ ।
यसका लागि उनीहरुले स्टप मोशन एनिमेशनद्धारा कार्वनका केही परमाणुहरुहको प्रयोग गरेका छन् । वैज्ञानिकहरुले ती परमाणुहरुलाई स्क्यानिङ टनलिंग माइक्रो स्कोप प्रविधिको माध्यमले परमाणुहरुलाई कुशलतापूर्वक नियन्त्रण गरेर घुमाउन सफलभए । परमाणुहरुको यो असाधारण कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले प्रमाणित गरेको छ ।
111
मान्छेको एउटा कपालको मोटाइ बराबरको फैलावटका लागिफिल्ममा १ हजार भन्दा बढि फ्रेमको प्रयोग गरिएको छ ।
आइबिएमले पछिल्लो सफलताले नयाँ पुस्ताको एकल परमाणुमा आधारित डेटा स्टोरेज प्रविधिकामयावी हुने प्रमाणित गरेको बताएको छ । आइबिएमका वैज्ञानिकहरुले यस्तो प्रविधितयार गरे कीत्यसको प्रयोग परमाणु अर्थात् आणविक प्रणालीमा समेत गर्न सकिन्छ । त्यस क्रममा उनीहरुले एटोमिकफोर्स माइक्रोस्कोप नामको मेसिनको प्रयोग गरी एकल अणुको तस्वीर तयार गरे । त्यसपछि अणुहरुबीचको परमाणुको संयोजनको तस्वीर लिनपनि वैज्ञानिकहरु सफलभए ।
आइबिएमका वैज्ञानिकले बनाएको पछिल्लो संसारको सबैभन्दा सानो फिल्ममा आइबिएमकै प्रविधि एसटिएमको प्रयोग गरिएको छ जसले सन् १९८६ मानोबेल पुरस्कार प्राप्त गरेको थियो । ९० सेकेण्डको यो फिल्ममा रहेका २४२ वटा फ्रेम परमाणुकै संयोजनका चित्र हुन् । यसमा एउटा केटा एकमात्र परमाणुको भकुण्डो खेलिरहेकेा जस्तो प्रतित हुन्छ ।
यो आविष्कारलाई पूरा गर्नकालागि ४ जना वैज्ञानिकलाई दुइ हप्ताको समय लागेको थियो र यु टुबको माध्यमबाट यसलाई बुझाउने प्रयास गरिएको छ । यो फिल्मले गणित, विज्ञान तथा प्रविधिका विषयमा बच्चा तथा अरु मान्छेलाई समेत कौतुहलता प्रदान गर्ने दाबी गरिएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS