Widgets

थाहा छ तपाइलाई कण्डम किन र कसरी लगाउने???

Unknown | 16:28 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला एक विशेष किसिमको रबरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो। अहिले सामान्य रूपमा बजारमा उपलब्ध हुने पुरुषको लिङ्गमा लगाइने कन्डम ल्याटेक्स रबरबाट बनेका हुन्छन्। अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको छ भन्ने कुरा तपाईंलाई पनि थाहै होला। कन्डमको प्रयोगले गर्भनिरोध हुने मात्र होइन, यसले एचआईभी तथा यौन रोगको संक्रमणबाट पनि बचाउँछ। सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ। कन्डम लगाएपछि वीर्य स्खलन हुँदा योनिमा पर्न पाउँदैन, त्यसैले वीर्यमा भएका शुक्रकीट पनि पाठेघरमा पस्न पाउँदैन, त्यसैले गर्भ रहने कुरै भएन। तपाईंहरूले कन्डम प्रयोग गर्नुको प्राथमिकता गर्भ निरोध थियो वा यौनरोगबाट बच्नु थियो वा समान रूपमा दुवै थियो स्पष्ट जानकारी भएन। गर्भनिरोधका अन्य उपाय प्रयोग गरिरहेको स्थितिमा पनि कन्डमको प्रयोग गर्दा यौनरोगबाट बच्न सहयोग गर्ने कुराले यसलाई महत्त्व प्रदान गरेको छ।
कन्डम यौन स्वास्थ्यलाई सुरक्षित बनाउन प्रयोग गरिने साधन पनि हो। माथि नै भनिसकियो कि यसले एचआईभी तथा यौनरोगको संक्रमणबाट पनि बचाउँछ। सामान्यतः कन्डमको प्रयोगले पुरुष तथा महिला दुवैको स्वास्थ्यमा कुनै नकारात्मक असर पार्दैन।
कन्डम लगाउन किन नमानेका होलान् ?
कतिपय व्यक्तिले कन्डमले यौनसन्तुष्टि नदिने भन्दै कन्डमको प्रयोगलाई झन्झटिलो पनि मान्छन्। वास्तवमा कुरा त्यसो होइन। छालाको सीधा सम्पर्कभन्दा कुनै वस्तु बीचमा राखेर सम्पर्क गर्दा केही फरक त पर्ने नै भयो। केही व्यक्तिले यसलाई यौनसन्तुष्टि कम गर्ने कारक माने पनि जान्ने व्यक्तिका लागि यो कुरा फरक हुन सक्छ। पहिलो कुरा त यसमा अभ्यस्त हुन सकिए त्यसमा यौनसन्तुष्टि मजाले नै पाउन सकिन्छ। दोस्रो, लिङ्गमा कन्डम लगाउने कुरालाई पाक्क्रीडासँगै जोड्न सक्नुपर्छ। आफूलाई आवश्यक पर्ने कन्डमको प्याकेट -पोेका) ओछयानको नजिकै राख्नुपर्छ, जसले गर्दा यौन क्रियाकलाप -पाक्क्रीडा) सुरु गरिसकेपछि सोको निरन्तरतालाई टुटाउनु नपरोस्। यसरी पाक्क्रीडाकै क्रमको निरन्तर क्रियाकलापका रूपमा कन्डम लगाउने प्रक्रियालाई पनि सँगसँगै लिएर जाने अभ्यास गरे झन्झटिलो नलाग्ने मात्र होइन, त्यसले यौन उत्तेजना पनि थप्छ। कन्डम लगाउने कार्यमा महिला तथा पुरुष दुवै सहभागी भए सुनमा सुगन्ध थपिन्छ।
अर्को विचार गर्नुपर्ने कुरा, महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्रमा केही भिन्नता हुन्छ। चरमसुख प्राप्त गर्न महिलालाई केही बढी समय लाग्न सक्छ भने चरमसुख पछि पुरुष चभाचबअतयचथ उभचष्यम मा जान्छ। कन्डमले लिङ्गको संवेदनशीलतामा पार्ने फरकले पुरुष तुरुन्तै चरमसुख तथा वीर्य स्खलनको चरणमा पुग्दैन र यसका लागि केही समय लाग्छ। यसरी केही बढी समय लाग्नुलेे महिलालाई यौन चरमसुख पाउने कार्यमा सहयोग नै पुर्‍याउँछ। अर्कातिर, कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्याले सताएको हुन्छ र कन्डमको प्रयोग यस्तो बेलामा एक उपचार विधि सावित हुन सक्छ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS