Widgets

मे दिवसले वास्तविक मजदुरलाई छुन सकेन

Unknown | 03:19 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात, १२४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । दिवसका अवसरमा विभिन्न टे्रड युनियनहरुले राजधानीका विभिन्न ठाउँबाट र्‍याली निकाले । बुधवार  एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्दैछन् । 22त्यस्तै, ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । नेपाल सरकारले पनि मजदुर दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
दिवस राजनीति गर्नेलाई
नेपालमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइरहँदा वास्तविक मजदुरहरुलाई भने दिवसले छुन सकेको छैन् । सिमित मजदुर र कर्मचारीहरु बाहेक अन्य सबै मजदुरहरु आज पनि काममा व्यस्त रहेका छन् । दिनभरी काम नगरे बेलुका खान नपाउनेहरुलाई मजदुर दिवससँग कुनै सरोकार नभएको मजदुरहरुले बताएका छन् । मजदुर दिवस वास्तविक मजदुरका लागि नभएर मजदुरका नाममा राजनीति गर्नेहरुका लागि र सरकारी कर्मचारीहरुलाई मात्र भएको उनीहरुको दुखेसो थियो ।
2विदा सरकारी कर्मचारीलाई
सरकारले पनि वास्तविक मजदुरहरुलाई सौतेलो व्यवहार गरेको उनीहरुले गुनासो गरेका छन् । ‘हामीलाई विदा होस कि अन्य कुनै समारोह, दिनभरि काम नगरी बेलुका मुखमा माड लाउन नपाउने हुँदा यस्ता दिवसमा खासै मतलब राख्दैनौं’ नुवाकोटबाट राजधानीमा आई मजदुरी गर्न थालेका एक मजदुरले भने । सरकारले मजदुर दिवसको दिनमा दिएको विदा त सरकारी कर्मचारीहरुलाई मालामाल भएको छ ।
पछिल्लो समय मजदुरको नाममा राजनीति गर्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका आ-आˆनै मजदुर संगठनहरु रहेका छन् । संगठनको नेतृत्व सम्हाल्नेहरु वास्तविक मजदुर नभई मजदुरको नाममा राजनीति गर्नेहरु भएको उद्योगी-व्यवसायीहरु बताउँछन् । उनीहरुले वास्तविक मजदुरलाई प्रयोग गरेर राजनीति गरिरहेका छन् । अहिलेसम्म नेपालमा १० वटा मजदुर संगठन दर्ता भईसकेका छन् भने ३ वटा दर्ता प्रकृयामा रहेका छन् ।
विश्वका मजदुरहरु एक हौं भन्ने नाराका साथ मजदुर दिवस मनाउँदै आएको भएपनि नेपालमा विभिन्न मजदुर संगठनले छुट्टा-छुट्टै कार्यक्रम गरि मजदुर दिवस मनाउँदै छन् । पछिल्लो समय मजदुरहरु मालिकहरुबाट नभई मजदुर संगठनबाटै पिडित बन्दै आएका छन् । संगठनहरुले मजदुरबाट लेवि उठाउने, आन्दोलनहरुमा जबरजस्ती लगेर मजदुरहरुलाई शोषण गर्दै आएको गुनासो बढ्दै आएको छ ।
नेपालमा श्रम सम्बन्धी स्पष्ट कानुन बन्न नसक्दा मजदुर र रोजगारदाबीच द्धन्द्ध चर्कदै आएको छ । कतिपय मजदुर मालिकबाट शोषित हुँदै आएका छन भने कतिपय मालिकहरु श्रमिकबाट पिडित बन्दै आएका छन् । श्रम समस्या समाधान गर्न स्पष्ट कानुन बनाउनुपर्ने, श्रम अदालत गठन गर्नुपर्ने, न्यूनतम तलब मूल्य बृद्धिका आधारमा बढाउँदै लैजानुपर्ने माग उठेपनि सरोकारवाला निकायहरुले यसप्रति ध्यान दिन सकेका छैनन् । मजदुरका नाममा राजनीति गर्नेहरुले पनि यस तर्फ खासै ध्यान दिएको पाईंदैन । विश्वभर मजदुर दिवस मनाइरहेका बेला अनलाइन खबरले राजधानीमा काम गरिरहेका केही मजदुरसँग दिवसको दिन पनि किन काम गरिरहनुभएको भनेर कुराकानी गरेको थियो ।
Dinesh-Khadkaदिनभरि काम नगरे बेलुका मुखमा माड लाग्दैन्
दिनेश खड्का, रामेछाप
मजदुर दिवस त लेखापढी गर्नेहरुलाई मात्र रहेछ । हामीलाई त दिनभरि काम नगरे बेलुका मुखमा माड लगाउन पाईंदैन् । घरमा बाल बच्चा छन्, मजदुर दिवस हो आज काम गर्दिन भन्यौं भने उनीहरु भोकै रहन्छन् । मजदुर दिवसका दिन पनि काम गर्नु हाम्रो वाध्यता हो । हामीलाई नियतीले ठगेको रहेछ हेर्नोस, कुनै दिनपनि आराम गर्न पाउँदैनौं ।
विश्वभर मजदुर दिवस मनाईंदै गरेको थाहा छ । तर, थाहा भएर के गर्ने ? सबैका आ-आˆनै दुःख पिडा र व्यथा हुन्छन् । हेर्नोस, साँच्चिकै भन्ने हो भने यो दिवस हामी मजदुरका लागि होइन् रहेछ ।
Balkrishna-Shresthaआज विदा बसे भोलि साहुले काम नदेला
बालकृष्ण श्रेष्ठ, रामेछाप
मजदुरको हक हितमा आवाज उठाउन मजदुर दिवस मनाउनु ठिकै हो । तर, अहिलेसम्म मजदुरलाई कुनै हित हुन सकेको छैन् । मैले धेरै वर्षदेखि भारी बोक्ने काम गर्दै आएको छु । १० वर्ष अगाडि मेरो जुन अवस्था थियो अहिले पनि त्यहि नै अवस्था रहेको छ ।
मजदुर दिवसको दिन घरमा परिवारसँग बस्न त मन लाग्छ । तर, आज विदा बसे भोली साहुले काम नदेला भन्ने पनि पिर लाग्छ । हामीले भारी बोक्न सक्यौं भने खान पाउँछौं नसक्दाको दिन भोकै रहनुपर्छ । दिनभरी मुटु मिचेर भारी बोकेपछि बेलुका सामन्य खाना खान पाईन्छ । मुलुकभित्र हुने बन्द हड्तालले पनि हामीलाई निकै अप्ठ्यारो पार्दै आएको छ । बन्द हड्तालका कार्यक्रम नहोउन भन्ने हाम्रो अपेक्षा हो ।
Samser-bhujelट्राफिकले हामीलाई शोषण गर्छन्
समशेर भुजेल, धादिङ
हामीले विदा नपाए पनि मजदुर दिवस मनाउनु ठिकै हो । राज्यले नै हामी मजदुरलाई हेप्दै आएपछि अन्यबाट के आशा गर्नु । कसैले पनि मजदुरका दुःख पीडा बुझ्न सकेनन् । जति मजदुर दिवस मनाए पनि राज्य र मालिकको मजदुरमाथि हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन हुन सकेको छैन् । हामीले कर तिरेर पालिएका ट्राफिक प्रहरीले हामीजस्ता गाडी चलाउने मजदुरलाई शोषण गर्दै आएका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS