Widgets

आजको पञ्चाङ्ग र राशीफल, २०७० साल वैशाख २० गते शुक्रबार,

Unknown | 16:34 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

आजको पञ्चाङ्ग र राशीफल, २०७० साल वैशाख २० गते शुक्रबार,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । नयाँ कामको हौसला मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । अर्थलाभका अवसर आउने छन् । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । सन्तानपक्षको राम्रो माया मिल्नेछैन, तर वैवाहिक तथा पारिवारिक जीवनमा आनन्दको वातावरण बन्नेछ । विभिन्न ठाउँको अनावश्यक यात्रा हुने र निरर्थक लगानी हुने समय आएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आर्थिक लाभको योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक काममा विजय प्राप्त हुनेछ । कुनै कुरा मनमा बारम्बार आइरहने हुँदा दोधारको अवस्था सिर्जना हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रतिद्वन्द्वीहरुसित सतर्क रहने दिन हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्नसक्छ । मानसिक रुपमा अनावश्यक तनावको सिर्जना हुनेछ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । आम्दानीमा कमी आउने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेशाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने ठाउँ देखिन्छ । भेटघाट राम्रै होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रो छैन । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम खालको छ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनुपर्ला जस्तो छ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । सानातिना कुरामा अल्मलिने समय छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिनलाई नराम्रो भन्न मिल्दैन । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी गर्ने समय आएको छ । धेरैथोर लगानी गर्नु पर्नेछ । आफन्त हरुले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने समय प्राप्त भएको छ । नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्क हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । डुब्न लागेको पैसा अचानक हातमा आइपुग्नेछ । दक्षिण वा पश्चिम दिशाको लाभदायी यात्रा सम्पन्न हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ 

आजको पञ्चाङ्ग र राशीफल, २०७० साल वैशाख २० गते शुक्रबार,



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS