Widgets

माउरिन्हो चेल्सी फर्कन सक्ने

Unknown | 03:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । ‘स्पेसल वान’ जोजे माउरिन्होले इङ्ग्लिस क्लब चेल्सी फर्कने संकेत दिएका छन् । यद्यपी म्यानचेष्टर सिटी उनको अर्को विकल्प हुन सक्ने बेतायती मिडियाको दावी छ ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिड बोरुसिया डर्टमुण्डसँग पराजित भएपछि माउरिन्होले स्पेन छाड्ने बताएका हुन् । यद्यपी निर्णय लिन केही कठिन भएको उनले बताए । रियल मड्रिडसँगको उनको सम्झौता १ वर्ष बाँकी छ । ‘निर्णय गर्न निकै कठिन छ । किनकी म यो क्लब मन पराउँछु’ उनले भनेका छन् ।
उनले कोपा डेल रे कपको उपाधि जित्ने र ला लिगा दोस्रो स्थानमा सकाउने लक्ष्य रहेको बताए । कोपा डेल रे कपको उपाधिका लागि रियलले एथ्लेटिको मड्रिडसँग खेल्नु पर्नेछ ।
सिजनको अन्त्यसम्ममा निर्णय लिने भन्दै उनले आफूलाई माया गर्नेहरु भएको ठाउँमा जाने बताए । ‘मलाई थाहा छ, इङ्ग्ल्याण्डमा फ्यान, मडिया र केही क्लबले मालाई माया गर्छन्’ उनले भनेका छन्–‘स्पेनमा अलि कठिन छ । केही मानिस मलाई घृणा गर्छन् ।’
माउरिन्हो चेल्सीका सफल प्रशिक्षक मध्ये एक हुन् । उनको प्रशिक्षणमा चेल्सीले २ पटक प्रिमियर लिग जितेको थियो भने ३ डोमेस्टिक कपको विजेता बनेको थियो ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS