Widgets

श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

Unknown | 06:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२१ वैशाख, कैलाली । कैलालीमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी आफूले पनि विष शेवन गरेर आत्महत्या गरेका छन् ।  शनिवार दिउँसो कैलालीको दरखा-५ सुख्खडका स्थानीय २५ वर्षीय प्रेम न्यौपानेले आफ्नी २३ वर्षीय श्रीमती सुनिता न्यौपानेलाई   घोडाघोडी ताल नजिकैको जंगलमा दाउरा ल्याउन गएका बेला  हसियाँ प्रहार गरी हत्या गरेका हुन् । मृतक सुनिताको टाउँकोमा गहिरो चोट लागेको छ ।
श्रीमतीको हत्या लगत्तै आफूले पनि विष शेवन गरेर आत्म हत्या गरेका हुन् । विष शेवनपछि छटपटाउदै घर आएका प्रेमले आफूले विष शेवन गरेको र आफूलाई अस्पताल लैजान स्थानीयलाई आग्रह गरेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उपचारका लागि कैलालीको घोडाघोडी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेठी श्रीमती अर्कासंगै पोइल गएपछि कान्छी श्रीमतीका रुपमा प्रेमले सुनितालाई भित्राएका थिए । जेठी श्रीमतीवाट जन्मेका ३ बर्षीय छोरा रमेश न्यौपाने सवारी दुर्घटनामा परी घाइते भएपछि तनावमा रहेका प्रेमले कान्छी श्रीमतीसंग विवाद भएपछि उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS