Widgets

अन्ततः लोकमानलाई अख्तियार प्रमुखमा सिफारिस

Unknown | 14:37 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ बैशाख, काठमाण्डौ । करिब एक महिना लामो विवाद र उल्झनपछि अन्ततः पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई ५ वर्षका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय संवैधानिक परिषदले गरेको छ । आइतबार बसेको परिषद बैठकले कार्कीलाई अख्तियार प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
lokmansing-karki
संविधानतः राष्ट्रपतिले परिषदको सिफारिसलाई प्रमाणित गरेपछि लामो समयदेखि प्रमुखविहीन रहेको अख्तियारले नेतृत्व पाउने भएको छ ।उच्चस्तरीय राजनीति संयन्त्रले गरेको एक महिनाअघिको सिफारिसअनुसार परिषदको आइतबार बसेको बैठकले अख्तियार प्रमुखमा कार्कीलाई सिफारिस गरेको हो । यसअघि कार्कीको नियुक्तिलाई रोक्न सर्वोच्च अदालतमा रिट दायर भएकोमा यसै साता अदालतले कार्कीको नियुक्तिका लागि बाटो खोलिदिएको थियो ।
यसअघि चार दलीय राजनीतिक संयन्त्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा कार्कीलाई नियुक्त गर्न सरकारलाई सिफारिस गरे पनि एमाले लगायतका केही दलले सोको विरोध गर्दै आएको थियो । पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि काँग्रेस र एमाले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्न नहुने पक्षमा उभिँदै आएका थिए ।
लोकसेवामा कोयोदेवी, मलेपमा आचार्य
त्यसैगरी आइतबारको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको प्रमुखमा कयोदेवी यमीलाई सिफारिस गरेको छ भने र महालेखक परीक्षकमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ । यमी एमाओवादी निकट हुन भने आचार्य कांग्रेस निकट हुन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS