Widgets

निगमलाई अब मासिक २० करोड नाफा हुने

Unknown | 19:26 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ बैशाख, काठमाडौं । भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमलाई मासिक २० करोड रुपैयाँ नाफा हुने भएको छ । भारतीय आयल निगमले मे १ तारिखदेखि लागु हुनेगरि निगमलाई बिहीबार पठाएको मूल्य सूचिअनुसार सो नाफा हुने भएको हो ।
पेट्रोलियम पदार्थको विक्रीमा घाटा बेहोर्दै आएको आयल निगम १० महिनापछि नाफामा जाने भएको हो । nepal oil corporationयसअघि अपि्रल १६ तारिखमा भारतीय आयल निगमले पठाएको मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई ६ करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको थियो ।नयाँ मूल्य सूचिअनुसार एलपी ग्याँसको सिलिण्डरमा हुँदै आएको घाटा ६४ रुपैयाँले घटेपछि निगमलाई राहत मिलेको हो । यसअघि निगमलाई प्रतिसिलिण्डर ५ सय ४ रुपैयाँ घाटा हुँदै आएकोमा अब प्रतिसिलिण्डर ४ सय ३९ रुपैयाँमात्र घाटा हुने भएको छ ।
कुनमा कति नाफा ?
नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा १२ रुपैयाँ ८९ पैसा नाफा हुने भएको छ । यसअघि पेट्रोलमा ९ रुपैयाँ ४२ पैसामात्र नाफा थियो । त्यस्तै, यसअघि डिजेलमा १ रुपैयाँ ३९ पैसा नाफ हुँदै आएकोमा नयाँ मूल्य सूचि अनुसार ३ रुपैयाँ ४४ पैसा नाफा हुने भएको छ । १३ रुपैयाँ ७८ पैसा नाफा हुँदै आएको मट्टतिेलमा अब १५ रुपैयाँ ८३ पैसा नाफा हुने भएको छ । नयाँ मूल्य अनुसार हवाई इन्धनमा निगमलाई २६ रुपैयाँ ९८ पैसा नाफा हुने देखिएको छ । यसअघि हवाई इन्धनमा निगमलाई २४ रुपैयाँ ६९ पैसामात्र नाफा हुँदै आएको थियो ।
तत्काल मूल्य नघट्ने
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतमा पेट्रोलको मूल्य प्रतिलिटर नेपाली ५ रुपैयाँ घटेको छ । भारतमा ग्यासको मूल्य समेत घटेको भारतीय संचार माध्यमहरुले बताएका छन् । नेपालमा भने अन्तर्राष्ट्रिय बजार भाउले कुनै प्रभाव नपार्ने भएको छ । नेपाल आयल निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तत्काल कुनै फेरबदल नगर्ने जनाएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS