Widgets

अरुण तेस्रोमा भारतसँग सहमति गरेको प्रचण्डद्वारा खुलासा

Unknown | 15:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, इटहरी । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि भारतसँग आफूले राजनीतिक सहमति गरेको खुलासा गर्नुभएको छ । सुनसरीको इटहरीमा बुधबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गर्नुभएको हो ।
prachanda
कार्यक्रमलाई सम्बोधन गरेर बसिसकेपछि पुनः उठ्दै प्रचण्डले भन्नुभयो-’मैले भन्न खोजेको कुरा छुटेछ, अरुण तेस्रो जलविद्युत आयोजना छिटो बनोस् भन्ने सम्बन्धमा भारतसँग मेरो कुरा भएको छ र यसमा राजनीतिक सहमति भएको छ ।’
एमाओवादी अध्यक्ष प्रचण्डले विवादित अरुण तेस्रोबारे भारतीयसँग सहमति गरेर आएको बताउनुभए पनि राष्ट्रिय महत्वका जल आयोजनाबारे कुनै पनि दलको नेताले व्यक्तिगत रुपमा सहमति गर्ने बैधानिक प्रावधान संविधानमा छैन । विगतमा तत्कालीन गिरिजाप्रसाद कोइरालाले टनकपुरबारे समझदारी गरेर र्फकँदा राष्ट्रियताको मुद्दाले उग्र रुप लिएको थियो । तर, अरुण तेस्रोमा मात्रै नभई कर्णाली चिसापानी आयोजनामा समेत लगानी गर्न आफूले भारतलाई भनेको प्रचण्डले सभामा जानकारी दिनुभएको छ ।
ithari-prog-1
स्मरण रहोस् अरुण तेस्रो र उच्च कोशी बाँध परियोजनामा भारतीय लगानीको पूर्वाञ्चलवासीले विरोध गर्दै आएका छन् । तर, पूर्वाञ्चलमा गम्भीर बहसको विषय बनिरहेको बिराटनगरको अवैधानिक भारतीय फिल्ड कार्यालय र विवादित उच्च कोशी बाँध परियोजनाका विषयमा प्रचण्डले मौनता साँध्ने र भारतलाई खुशी पार्ने रणनीति अपनाउनुभएको छ । बिराटनगर जुटमिलबारे चाँहि भारतसँग कुरा उठाएको उहाँले बताउनुभयो । ‘जुटमिललाई भारतका केही प्रावधानहरुले अप्ठ्यारो पारेको जानकारी गरें ।’-उहाँले कार्यक्रममा भन्नुभयो ।
भारतलाई शंकाको दृष्टिले नहेर्न आग्रह
प्रचण्डले कोशी उच्च बाँधबारे नबोले पनि भारतसँग अनावश्यक शंका नगर्न आग्रह गर्नुभयो । ‘मैले राष्ट्रको प्रतिनिधिका रुपमा भारतमा सोचेको भन्दा बढी सद्भाव र प्रतिवद्धता भेटें । अब हामी पूर्वाग्रही नबनौं, पानी बगेको बग्यै गर्ने र विद्युत निकाल्न नसक्ने अवस्था आउन दिनुहुँदैन ।’ प्रचण्डले भन्नुभयो- ‘अब झगडा गर्ने समय गयो । छिमेकीहरुको सहयोग लिएर नेपालको विकास गर्ने, यही हो, प्रगतीशील राष्ट्रवाद ।’ देशलाई गरिब बनाउने राष्ट्रवादले मुलुकको विकास नहुने उहाँले बताउनुभयो । ‘जे होला भन्ने सोचेको थिएँ, सद्भाव हामीले सोचेभन्दा बढी पायौं ।’ प्रचण्डले भन्नुभयो- ‘नेपालमा राजनीतिक स्थिरताको चाहना र विकासका लागि सहयोग गर्ने इच्छा भारतीयहरुमा धेरै माथि रहेको पाएँ ।’
‘त्रिदेशीय रणनीति बनाउन नसके पनि तत्काल कर्णाली चिसापानी जस्ता एउटै आयोजनाले नेपाललाई धनी बनाउन सक्ने भएकाले मैले तीनवटै देश मिलेर बनाऔं भने, भारतले सकारात्मक जवाफ दिएको छ ।’ प्रचण्डले सभामा भन्नुभयो- नेपालले मात्रै चिसापानी आयोजना बनाउँदा भारतले नकिनेसम्म सम्भव छैन ।’
सुकुम्बासीलाई जग्गा, उद्योगपतिलाई बिजुली !
प्रचण्डले आफ्नो मन्तव्यमा पश्चिममा रेल कुदाउनेदेखि पूर्वमा किमाथाङकाबाट मोरङसम्म गाडी गुडाउनेसम्मको योजना सुनाउनुभयो । किमाथांकाबाट मध्य पहाडी लोकमार्गको ट्रयाक खुलिसकेको र उक्त स्थानबाट सुनसरी मोरंगमा बाटो जोडिइसकेको भए पनि उहाँले पूर्वाञ्चलबासीको मन जित्ने उद्देश्यले भन्नुभयो-’ मेरो चीन भ्रमणका बेला किमाथाङ्कादेखि मोरंगसम्म राजमार्ग बनाउने राजनीतिक सहमति भएको छ ।’
‘सीटमा बसिसकेर पुनः माइक समात्दै प्रचण्डले यस्तो पनि भन्न भ्याउनुभयो-’ इटहरीको जनता सुकुम्बासी बस्तीको जग्गा दर्ता भएको छैन, यसबारे भोलि नै म उच्चस्तरीय राजनीतिक समितिमा प्रस्ताव लान्छु र सरकारमा सिफारिस गर्न लगाउने छु ।’प्रचण्डले लिम्बुवानको जटिबुटीको विकास गर्ने तथा चुनावपछि सरकार बन्नासाथ बिराटनगरमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने बताउनुभयो छ ।
आफूले भारतसँग सुनसरी मोरंग औद्योगिक कोरिडोरका उद्योगहरुका लागि ५० मेगावाट बिजुली मागेको र सो बिजुली तत्कालै आउने उहाँले बताउनुभयो । ‘त्यो बिजुली आयो भने पूर्वाञ्चलवासीको लोडसेडिङको समस्या समाधान हुन्छ ।’ प्रचण्डले भन्नुभयो । ‘हिजोमात्रै बिराटनगर कोरिडोरको निम्ति ५० मेगावाट दिनुपर्यो भनेको छु । ५० मेघावाट आयो भने लोडसेडिङको मारमा भएकालाई तत्काल राहत हुन्छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा एमाओवादी नेता डा. बाबुराम भट्टराई, वर्षमान पुन, रामचन्द्र झा लगायतले सम्बोधन गर्नुभएको थियो । इटहरीको कार्यक्रम सकेपछि बिहीबार माओवादी नेताहरु धरान नगरपालिको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । साथै बिहीबार बिहान धरानका पूर्वपञ्च वम देवान, कर्ण श्रेष्ठ र एमालेका व्यापारी विजय डाँगालाई एमाओवादीमा प्रवेश गराउने कार्यक्रममा प्रचण्ड सहभागी हुनुहुनेछ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS