Widgets

एमाले नेताको गुटबन्दीको शिकार भएँ : ढुंगाना

Unknown | 04:05 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२३ वैशाख, सर्लाही । नेकपा एमाले सर्लाहीका पूर्वसचिव केशव ढुंगानाले आफूले एमाले छाडेको नभई एमालेले आफूलाई छाडेको बताउनुभएको छ । शनिबार सर्लाहीमा आयोजित आमसभाबाट एमाओवादीमा प्रवेश गर्नुभएका ढुंगानाले आफू एमाले नेता झलनाथ खनाल, माधव नेपाल र केपी ओलीवीचको अन्तरविरोधको शिकार भएको गुनासो गर्नुभएको छ ।keshav-dhungana
सर्लाहीमा अनलाइनखबरसँग कुरा गर्दै ढुंगानाले बुटवल महाधिवेशनपछि आफूलाई एमालेमा जिम्मेवारीविहीन बनाइएकाले आफूले पार्टी परित्याग गर्नुपरेको जिकिर गर्नुभयो । ०३२ सालमा बाल संगठनबाट राजनीतिक गरेका ढंगाना ०५४ देखि ०६३ सालसम्म ९ वर्ष सर्लाहीमा एमालेको पार्टीसचिव रहनुभएको थियो । ‘बुटवल महाधिवेशनपछि मलाई कुनै पनि जिम्मेवारी दिइएन, एमालेले मलाई छाड्यो भन्ने लाग्यो, त्यसैले मैले एमाले छाडें ।’
ढंगानाले भन्नुभयो- ‘म एमाले नताहरुको गुटबन्दीको शिकार भएँ, मलाई उनीहरुले फर्केर पनि हेरेनन् ।’ एमाओवादीले लिएको नीति र नेताहरु पनि आफूलाई मन परेको भन्दै ढंगाना शनिबार प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गर्नुभएको हो । एमाओवादी पार्टीमा कुनै जिम्मेवारी नपाएका ढुंगानाले आगामी चुनावमा सर्लाही १, २ र ३ नम्बर क्षेत्रमा एमाओवादीलाई जिताउने अभियानमा लाग्ने बताउनुभएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS