Widgets

मैत्रिपूर्ण फुटबलमा थ्रीस्टारद्वारा मोहन बगान पराजित

Unknown | 15:24 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारले मैत्रिपुर्ण फुटबलमा भारतको मोहन बगानलाई पराजित गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले २-१ को जित निकोलेको हो ।
gagjit
एएफसी प्रसिडेण्ट्स कपको तयारी खेलका रुपमा थ्रीस्टारका लागि फलदायी रहृयो । खेलको पाँचौं मिनेटमा नै थ्रीस्टारका लागि डेब्यू म्याच खेलेका जगजित श्रेष्ठको प्रहार बारमा लागेर फर्किएको थियो । पहिलो हापमा केही राम्रो मूभ बनाएको थ्रीस्टारले मोहन बगानमाथि केही दबाव बनाएपनि गोल गर्न सकेन ।
दोस्रो हापमा पनि आक्रमक खेल प्रस्तुत गरेको थ्रीस्टारका लागि ५५ औं मिनेटमा जगजित श्रेष्ठले गोल गरे । थ्रीस्टारका लागि डेब्यू म्याच खेलिरहेका प्रकाश बुढाथोकीको पासमा जगजितले हेड गोल गरेका हुन् ।
खेलको ६७ औं मिनेटमा थ्रीस्टारले अग्रता दोब्बर पार्‍यो । थ्रीस्टारका फेमीले गोल गरे । २ गोलले पछि परेको अवस्थामा मोहन बगानले केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । खेलको अन्तिममा मोहन बगानका लगि दिपेन्दु विश्वासले गोल गरेपनि हार टार्न सकेन ।
तस्वीरः गोल नेपाल



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS