Widgets

इटहरीका होटल-रेष्टुरेन्टमा भएका यौन व्यापार

Unknown | 03:49 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


इटहरी - बाहिरबाट हेर्दा चिया पसल जस्ता छाप्रा ! छाप्रो अगाडी छोटो स्कर्ट, हाफ भेष्ट, आँखामा रंगीचंगी गाजल, ओठमा लाली र मेकअपले पोतिएका अनुहार लिएर केही यूवती ग्राहकको प्रतिक्षा गर्दैछन् । पूर्व पश्चिम र उत्तर दक्षिण राजमार्गले जोडिएको पूर्वाञ्चलको एउटा व्यस्त बजार, ईटहरीको पश्चिम लाइनका छाप्रा अगाडि उभिएका यी महिला छोटो समयमा धेरै कमाउने लोभले यौन ब्यवसायमा लागेका हुन् ।


एक युवतीका शब्दमा “सबैका अगाडि हुनेखाने भएर हिड्न र आफ्नो घर परिवारका इच्छा आकांक्षा पुरा गर्न” राजमार्ग छेउछाउका होटल, क्याबिन तथा रेष्टुरामा ग्राहकको मनोरञ्जन पूरा गर्न धेरै महिला कार्यरत छन् । भन्न आवश्यक छैन, कोही बाध्यताले यहाँ आउछन त कोहि रहरले ! घरमा बस्न अल्छी लाग्ने र कमाइ नहुँदा कति त आफ्ना चाहना पुरा गर्न साथिभाइको लहै लहैमा लागेर पनि यौन व्यवसायमा लागेका भेटिए ।
पूर्वाञ्चलको यो बजारमा आफन्तले राम्रो काम लाइदिन्छु भनेर गाँउबाट बोलाएर यौन व्यवसायमा लगाईएका र पैसाको लागि दिनमा चार पाँचवटा रेष्टुरा धाउने महिला पनि भेटिए । डान्स र क्याविन रेष्टुरा हुँदै देह ब्यापारमा संलग्न महिलाको संख्या चारसय भन्दा धेरै भएको उप्का नेपालको अध्ययनले देखाएको छ । २०५७ सालमा पहिलो पटक डान्स रेष्टुरेण्ट खुलेपछि ईटहरीमा क्याबिन रेष्टुरेण्ट पनि खुले । शुरुमा क्याविन रेष्टुरेण्टमा महिलाहरुलाइ वेटरको काममा राखिन्थ्यो, तर विस्तारै क्याविनमा यौनको कारोवार पनि हुन थाल्यो । हाल, इटहरीमा करीब २ सय क्याविन तथा रेष्टुरेण्टहरु संचालित छन । सबैमा नभए पनि यहाँका धेरै क्याविन रेष्टुरेण्टमा यौनको कारोवार हुन्छ, तर, होटल व्यवसायीहरु भने आफूले कुनै पनि हालतमा यौन व्यवसाय नचलाएको दाबी गर्छन ।

क्याविन रेष्टुरेण्टमा यौन सर्भिस दिने एक महिलाका अनुसार, यौन बजारका मुख्य ग्राहकहरु सिमावर्ती बजारबाट आउने विदेशशी, सेना, शसस्त्र प्रहरी, ब्यापारी र कामको शिलशिलामा घरबाट टाढा बस्ने पुरुषहरु हुन् । सुन्दरता र हाउभाउ विक्ने, यो पेशामा धेरैजसो किशोरीहरु संलग्न छन् भन सम्बन्ध बिच्छेद, घरपरिवारमा मिलेर बस्न नसक्ने तर बालबच्चा पढाउने र पालन पोषण गर्न पैशाको अभाव हुने महिलाको संख्या पनि उल्लेख्य छ । इटहरी पारालिगल कमिटिकी अध्यक्ष राधा भट्राइका अनुसार, यी महिलासँग यौन क्रियाकलापमा संलग्न पुरुषहरुका कारण, धेरै परिवारमा तनाव छ र त्यसको नराम्रो प्रभाव बालबालिकामा परेको छ ।


लामो समयदेखि यहाँको यौन व्यवसायमा कार्यरत महिलाहरुको स्वास्थ्य र अधिकारबारे अनुसन्धान गरेकी उप्का लेपालकी कार्यकारी निदेशक शकुन्तला सुब्बाका अनुसार, यौनकर्मी महिलामा स्वास्थ सम्बन्धी जोखिमहरु धेरै छन् । उप्काको पछिल्लो अध्ययन अनुसार, क्याविनमा काम गर्ने सयकडा ५८ किसोरी मादक पदार्थ सेवन गर्छन् भने ३८ प्रतिशत किसोरी लागू पदार्थको सेवन गर्छन् । सबैभन्दा डरलाग्दो कुरा, यौन व्यवसायमा लागेका ४२ प्रतिशत किसोरीले एचआईभीको परिक्षण गर्दैनन् र यी कुलतको कारण क्याविनमा हुने यौन धन्दा छोडेर सामान्य पारिवारिक जीवनमा आउन सक्ने अवस्थामा पनि छैनन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS